ताजा खबर

प्रेमभन्दा करियर नै प्यारोः नम्रता  

२०७२ असार १९,

नम्रता सापकोटा पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन् । पर्दामा दर्शकको मन जित्न सफल सापकोटा ‘बिरानो माया’ चलचित्रको सुटिङमा व्यस्त छिन् । यसैबीचमा रातोपाटी संवाददाता सुजन पन्तले सापकोटासँग गरेको कुराकानीको सम्पादित अंशः हिजो–आज के मा व्यस्त हुनुहुन्छ ? ‘बिरानो माया’ भन्ने चलचित्र गर्दैछु । यही चलचित्रको सुटिङमा नै व्यस्त छु । तपाईं निकै रमाएको दिन ? मेरो पहिलो चलचित्र रिलिज हुँदा हो । ‘अन्तराल’ भन्ने चलचित्र । जय नेपाल हलमा प्रेस सो गरेका थियौं । त्यो बेलामा २/३ दिन अगाडि देखि नै खुसी थिएँ ।

निकै रोएको दिन ? अहिलेसम्म त्यस्तो दिन आएको छैन् । पछि भन्न सक्दिन आउँछ कि आउँदैन त्यस्तो दिन । राम्रो लाग्ने बानी ? अरुलाई रेक्स्पेक्ट गरेर बोल्छु, सायद यही नै राम्रो बानी हो जस्तो लाग्छ । सानो–ठूलो जसलाई पनि रेक्स्पेक्ट गर्ने गर्छु । अबको दिन कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ? भूकम्पपछि चाहिँ कामलाई बढि महत्व दिन्छु भनेर सोचेको थिएँ । अहिले त्यसरी नै अगाडि बढिरहेको छु । आगामि दिनहरुमा पनि कामलाई महत्व दिँदै परिवारसँग बिताउन चाहन्छु । सबैभन्दा बढि फोकस चाहिँ काममा हुन्छु । अबको १० वर्षमा तपाईंलाई कहाँ देख्न पाइन्छ ? नेपालमै हुन्छु होला । फिल्मी क्षेत्रमा नै हुन्छु । सायद फ्यामिली लाइफ पनि बिताइरहेको देख्नुहुन्छ होला ।

प्रेम सम्बन्धमा हुनुहुन्छ ? छैन । अहिलेसम्म टाढै बसिरहेको छु । कसैले प्रस्ताव गर्यो भने के गर्नुहुन्छ ? त्यतातिर पनि ध्यान छैन । अहिले यो समयमा फोन प्रस्ताव पनि आएको छैन । आओस् भन्ने कामना पनि गर्दिन । यो समय फ्यामिली र आफ्नो करियर महत्व भएका कारणले गर्दा प्रेम चक्करमा मन छैन । तपाईं कुन नायकसँग देखिन चाहनुहुन्छ ? एकदमै इच्छा भएको भनेको राजेश हमालसँग काम गर्ने इच्छा छ । पुरानो हिरोहरु सबैसँग छ । यो हिरोसँग देखिनभन्दा पनि मेरो कामको सिलसिलामा सबैसँग काम गर्ने इच्छा छ । मन परेको जस्तो जीवन लुइँटेलसँग पनि काम गर्ने इच्छा छ । दयाह्याङ राईसँग इच्छा छ । लगभग सबै मन पर्छ । पर्समा कहिले नटुट्ने चिज ? गणेश भगवानको सानो मूर्ति । कहिल्यै पनि टुट्दैन । र अर्को बाबा, ममी, दिदी र भाईको पासपोर्ट साइजको फोटो । पर्समा जहिले पनि हुन्छ । –

कतिको खर्चालु हुनुहुन्छ ? पहिला–पहिला आफूले काम गर्न थाल्नुभन्दा अगाडि निकै खर्चालु थिएँ । अहिले चाहिँ त्यति खर्चालु छैन् । अहिले म आफैं पनि जिम्मेवारी भइसकेको छु । सकेसम्म जोगाउन कोसिस गर्छु । सपिङ कत्तिको जानुहुन्छ ? जान्छु । मिडियामा भएको कारणले गर्दा पनि धेरै कुराहरु आवश्यक हुन्छु । सपिङ गर्न मनपर्छ । सपिङ चाहिँ कता जानुहुन्छ ? दरबारमार्ग र नक्सालमा । आफ्नै चिनेको दिदीहरुको पसल छ । उहाँहरुकोमा जान्छु । तर, काममा व्यस्त भएको कारणले गर्दा दिनभरी गएर छानी–छानी रोजेर चाहिँ किन्न भ्याउँदिन । दिदीहरुले फोन गरेर बोलाउनुहुन्छ अनि जान्छु । महंगो सामान किनेको अनुभव ? त्यस्तो याद नै छैन । साथीभाईहरुलाई कत्तिको समय दिनुहुन्छ ? एकदमै दिन्छु । कामबाट फ्रि हुनासाथ साथीहरुसँग नै हुन्छु । साथीहरुलाई भेट्यो भने मोड फ्रेस पनि हुने जस्तो लाग्छ, त्यही भएर एकदमै भेट्छु । साथीहरुसँग लामो भ्रमण गएको अनुभव ? छ । आजभन्दा २ वर्ष अगाडि । मलेखु हुँदै मनकामना । साथीहरुसँग रमाइलो गर्दै मनकामना गएर पूजा गरेर फर्केका छौं । अहिलेसम्म कतिवटा फिल्म खेल्नुभयो ? ५ वटा । एउटा रिलिज भएको छ, ‘अन्तराल’ । दुई वर्ष अगाडि नै । बाँकी हरु कुनै पनि रिलिज भने भएको छैन । अन्त्यमा…. ‘अन्तराल’ चलचित्र पनि दर्शकहरुको मन जित्नाले धेरैले हेरिदिनु भयो । अब बाँकी चलचित्रहरु पनि यसरी नै दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु  ।

स्रोत : रातोपाटी

Related posts