काठमाडौं, २०७२ असार १९,
उपप्रधान तथा सङघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भूकम्पले क्षति पुर्याएका पुराना संरचना पुर्ननिर्माणको कार्य सुरु भएको बताएका छन् ।
वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्याएको काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन विद्यालयमा कोरियाको ‘सिन्वा पिडब्लु एम’ ले बनाइदिएको विद्यालय हस्तान्तरण कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भूकम्पबाट क्षति पुर्याएका संरचनाको पुर्ननिर्माणमा सरकार लागिरहेको बताएका हुन् । उनले भूकम्पले ठूलो क्षति पुर्याएको भन्दै यसको पुनः निर्माणका लागि सहयोगी मित्रराष्ट्र तथा संस्थाहरुको ठूलो सहयोग आवश्यक रहेको बताए ।
शनिबारनै राजधानीमा आयोजित अर्को एक कार्यक्रममा उनले अब बन्ने संविधान राजनीतिक दलहरुको साझा दस्तावेज बन्ने बताए । कसलै चाहे जस्तो संविधान नबन्ने उनको दाबी छ । कुनै पनि दलले धर्मका नाममा लिएर अडान राख्नु नाजायज भएको भन्दै मन्त्री सिंहले धर्मका नाममा अनावश्यक माग राख्ने सुझाव दिए । कांगे्रस भित्रै खुमबहादुर खड्कालगायतका केही नेताहरुले हिन्दु राष्ट्रसहितको संविधान नबने त्यसको विरोधमा उत्रिने चेतावनी दिएरहेकाबेला मन्त्री सिंहले यस्तो आग्रह गरेका हुन् ।
स्रोत : कारोबार