दिननाथ बराल
पोखरा २०७२ असार १९,
सेना शारीरिक प्रशिक्षण संगठन (एपिटिसि) को ६९ औं स्थापना दिवस पोखरामा मनाईएको छ । भारतीय सेनामा सेवा निर्वित (रिटायर) भएका शारीरिक तथा खेलकुदमा आवद्ध भएका सदस्यहरुको संस्था एपिटिसिको ६९ औं स्थापना दिवस पोखरामा एक आपसमा भेटघाट तथा शुभकामना आदन प्रदान गरी मनाइएको कार्यक्रम संयोजक सु. मे. धनबहादुर गुरुङले बताए ।
उक्त संस्थामा आवद्ध भएका व्यक्ति तथा उनका परिवारसंगको भेटघाट गर्ने उद्धेश्यले पोखरामा दोश्रो पटक उक्त कार्यक्रम आयोजना गरीएको संयोजक गुरुङले बताए ।