ताजा खबर

किम कार्दशिन गर्भवती ?

२०७२ असार १८,

हलिउड एक्ट्रेस एवं रियालिटी सोज स्टार किम कार्दशिन सातामा २ पटक समाचारमा छाउँछिन् । मिडियाबाजीमा नम्बर वान सेलिब्रेटिजको उपाधि आफ्नो पोल्टामा पारिसकेकी किमका हरेक क्रियाकलाप समाचार बनेर आउँछन् । यो साता उनले ट्विट गरेको एउटा पोष्टले फेरि तरंग सिर्जना गरिदिएको छ । सोशल एकाउन्टको माध्यमबाट एकाएक उनले चाँडै आमा बन्न लागेको खुलासा गरिन् । त्यतिमात्र होइन्, अब छोराकै आमा बन्ने उनको भनाइ छ । फादर्स डे को अवसरमा किमले श्रीमान् कान्ये वेस्ट तथा छोरी नर्थको एउटा तस्बिर पोष्ट गर्दै परिवारसँगको यात्रा सुखद् रहेको ट्विट गरेको केही समयमै दोस्रो बच्चा त्यो पनि छोरा हुन लागेको ट्विट गरिन् । यो ट्विट सार्वजनिक हुनेबित्तिकै मिडिया एकाएक तरंगीत हुन पुग्यो । केही समयअघि मात्र न्युड फोटोसुट गरेर तहल्का मच्चाएकी किम गर्भवती भएको समाचार आएपछि मिडियालाई पनि के चाहियो र ?

स्रोत : साप्ताहिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *