२०७२ असार १८,
बलिउडमा नायिकाहरूको पारिश्रमिक कम भएको समाचार आइरहेकै बेला लोकप्रिय नायिका करिना कपुरले भने आफूले मागे जति पाएकाले सन्तुष्ट रहेको बताएकी छिन् । चलचित्र बजरंगी भाइजानको प्रचारमा जुटिरहेका बेला करिनाले भनिन्, ‘मेरो सन्दर्भमा पारिश्रमिक कम छैन, म जति डिर्जभ गर्छु त्यति पाइरहेकै छु । आज नायिकाहरू कम पारिश्रमिक पाएको भनेर गुनासो गरिरहेका छन्, मलाई लाग्छ, कामअनुसारको पारिश्रमिक हुनुपर्छ । मैले अहिलेसम्म कुनै निर्माता निर्देशकसँग पारिश्रमिकका बारेमा कुरा गर्नुपरेको छैन, उनीहरूले मागेजति दिएका छन् ।’ पछिल्लो समय दीपिका पादुकोण, कंगना रनावतदेखि प्रियंका चोपडासम्मले नायकको तुलनामा नायिकाले कम पारिश्रमिक पाएको कुरा बताइरहेका बेला करिनाले पाउनुपर्ने जति पाएकाले यसमा बोल्न आवश्यक नसम्झिएको बताएकी हुन् । प्रोजेक्ट बजेटअनुसार पनि पारिश्रमिक तय हुने करिनाको तर्क थियो ।
नोराको मालफङ्सन
बलिउड भित्रिएकी विदेशी युवती नोरा फतेही मालफङ्सनको सिकार भएकी छिन् । नोरा निर्देशक एसएस राजामौलीको आगामी चलचित्र ‘बाहुबली’ को प्रचारात्मक गीतमा देखिँदै छिन् । प्राप्त जानकारीअनुसार नोरा जब उक्त गीतको छायांकनका लागि हैदरावादमा थिइन्, अचानक उनको टप्स तल झर्न पुग्यो । त्यतिबेला क्यामेरा अन थियो, साथै सेटमा प्रशस्तै क्रु मेम्बर्स थिए । नचाहँदा–नचाहँदै त्यो दृश्य क्यामेरामा कैद भयो । चलचित्रकी नायिका तमन्ना भाटिया पनि त्यही थिइन् । नोरा वार्डरोब मालफङ्सनको सिकार भएको देख्नेबित्तिकै तमन्ना त्यसको बचाउका निम्ति दौडिइन् । उक्त घटना सम्भँmदै नोरा भन्छिन्– ‘त्यो एकदमै डरलाग्दो क्षण थियो, म नायिका तमन्नाप्रति ह्दयबाटै आभार व्यक्त गर्छु, उनले अतुलनीय मद्दत गरिन् ।’
चलाख बरुण
बलिउडमा अक्सर नायक–नायिकाले आफ्नो ‘लभ रिलेसनसिप’ खुला रूपमा प्रस्तुत गर्ने गरेका छन् तर नयाँ पुस्ताका नायक बरुण धवन भने आफ्नो प्रेम अभिव्यक्त गर्न डराइरहेका छन् । बरुण पछिल्लो समय नताशा दलालका साथ डेटमा रमाइरहेका छन् । प्राय: उनीहरू साथै देखिन्छन् । उनको प्रेम सम्बन्धका बारेमा सोधिएको एक प्रश्नमा वरुणले भनेका छन्– ‘मैले कहिल्यै आफ्नो व्यक्तिगत जीवन लुकाएको छैन, यति मात्र हो कि मैले आफ्ना बारेमा केही कुरा कसैलाई भन्न आवश्यक सम्झिइनँ ।’ बलिउडमा आउनुपूर्व नै बरुणले व्यक्तिगत जीवनलाई सार्वजनिक नगर्ने प्रण गरेका रहेछन् । बलिउड नायकले हरेक साता गर्लफ्रेन्ड बदल्ने कुरा ट्ेरन्ड नै भैसकेको बताउँदै बरुणले अब त पाठकले पनि यस्ता कुरालाई ‘गसिप’ का रूपमा लिने गरेको बताए । बरुणले भनेका छन्– ‘मेरो विचारमा अहिलेका दर्शक हाम्रो काम हेर्न चाहन्छन् र त्यसकै बारेमा पढ्न पनि चाहन्छन् ।’
बदमास सोनम
अहिले त खानै नपाएकी जस्ती लाग्छिन्, बलिउड नायिका सोनम कपुर । उनको अति स्लिम शरीरले यसलाई पुष्टि गर्छ तर यिनै सोनम पर्दामा आउनुपूर्व निकै मोटी थिइन् । चलचित्रमा प्रवेश गर्ने क्रममा उनले शरीर घटाएकी हुन् । गत साता सोनम मुम्बईको इन्डोर चिल्ड्ेरन प्लेग्राउन्ड गो बन्कर्सको एक कार्यक्रममा देखिइन् । उक्त अवसरमा उनले आफ्नो वाल्यकालका कुराहरू सम्झिइन् । सोनमले भनिन्– ‘मलाई चिप्लेटी खेल्न साह्रै मज्जा लाग्थ्यो । त्यस क्रममा म केटा साथीहरूलाई हैरान पार्थें, म उनीहरूलाई जानी–जानी धक्का दिन्थें, अनि उनीहरू निहुँ खोज्दै आउँथे, त्यसपछि मज्जाले पिटिदिन्थे ।’ सोनम हाल सलमान खानका साथमा प्रेम रतन धन पायोको सुटिङमा व्यस्त छिन्, जुन चलचित्र ११ नोभेम्बरमा सार्वजनिक हुनेछ ।
स्रोत :साप्ताहिक