२०७२ असार १८,
न्युयोर्क सहरको खुला सडकमा हातमा पिज्जाको डब्बा बोकेर गैरहेकी पप गायिका लेडी गागा आफ्नै हेलचेक्य्राइँका कारण लज्जित हुन पुगेकी छिन् । आफूले लगाएको पहिरन अचानक खुलेपछि गागा लज्जित भएकी हुन् । २९ वर्षीय गागा एमड्युज पिज्जा रेस्टुराँबाहिर निस्कनेबित्तिकै उक्त घटना घटेको थियो । रोमाटिन्क गायिका गागाले खाकी रंगको ज्याकेट लगाएकी थिइन्, जुन अग्रभागबाट खुल्न पुग्यो । त्यहाँ उपस्थित फोटोपत्रकारहरूले उक्त दृश्य कैद गर्न भ्याइहाले । गागाले जिंसका साथमा कालो रंगको टोपी पनि लगाएकी थिइन्, जसमा गागा लेखिएको थियो । हुन त लेडी गागाका लागि यस्ता हर्कत सामान्य नै हुन् । उनी अश्लील ढंगमा सांगीतिक प्रस्तुति दिन माहिर नै छिन् भने बेढंगका पहिरनमा देखिनु पनि उनका लागि सामान्य नै हो । सार्वजनिक रूपमा उनका पहिरन खुस्किएका खबर पनि बेला–बेला आइनै रहन्छन् ।
स्रोत : साप्ताहिक