ताजा खबर

फाष्ट्याकको नाममा चोरबाटो बाट बन्न लागेको संविधानको निरन्तर आन्दोलन गर्ने फोरम अध्यक्ष यादवको चेतावनी

दिननाथ बराल
पोखरा ,२०७२ असार १८,

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुख्य चार दलले फाष्ट्याकको नाममा चोरबाटो बाट अलोकतान्त्रीक संविधान बनाउन लागेकोले आफुहरुले निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन । संघीय प्रेस नेपाल कास्की शाखाको आयोजनामा शनिबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले फाष्ट्याकको नाममा अहिले बर्खायाम लागेको र भूकम्पले प्रभावित भएको अबस्थामा दलहरुले जनता सडकमा आउदैनन भनेर सक्ताको लोभमा अलोकतान्त्रीक संविधान जारी गर्न लागेकोले आफुहरुको आन्दोलन निरन्तर हुने चेतावनी दिएका हुन ।

नेता यादवले संविधानसभामा पेश भएको मस्यौदाले संघीयता, पहिचान, समानुपातिक समावेशी लगायतको मुद्धालाई समेट्न नसकेकोले आफुहरुले मस्यौदा च्यातेर आन्दोलनको सुरुवात गरेको बताउदै अहिले आफुहरुले संविधान सभा र साहयकको रुपमा सडकबाट निरन्तर आन्दोलन गर्ने दाबी गरे । आफुहरुलाई वाई पास गरेर जवर्रजस्ती संविधान जारी गरे आफुहरुले नयाँ ढंगले आन्दोलन गर्ने समेत उनले चेतावनी दिएका हुन । उनले संविधान सभाले गर्ने भनेको राज्य पुर्नसंरचना अहिले आएर आयोगलाई नै जिम्मा दिनु गलत भएको बताए । संघीय राज्यको नामाङ्कन र सिमाङ्कन सहित संविधान जारीहुनु पर्ने उनले माग गरे ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फष्ट ट्रयाकको नाममा चार दलले जनतालाई धोका दिएर संविधान थोपर्न लागेको आरोप लगाए । मेचीकाली अभियान अन्तर्गत पोखरा आएका फोरम नेपालका अध्यक्ष यादवले सर्वोच्च अदालतको आदेश दलहरुले उलंघन गरेर न्यायापालिकाको धज्जी उडाएको आरोप लगाए । उनले भने, ‘न्यायपालिकाले आदेश दिने अनि कार्यपालिकाले नमान्ने हो भने, त्यस्तै कांग्रेस जस्तो प्रजातन्त्रको धरोहर हुँ भन्ने पार्टीको सभापतिले सर्वोच्चको आदेशको उलंघन गर्न थाल्ने हो भने कुनै दिन न्यायपालिकाको अधिकार मन्त्री परिषदमा जान बेर छैन ।’ संविधानसभामा प्रस्तुत भएको मस्यौदामा महिलालाई वंश र अंशबाट विभेद गरिएको भन्दै उनले सच्याउन माग गरे ।

संबिधानको मस्यौदाको बिषयमा जनतालाई प्रयाप्त मात्रमा समय दिएर छलफल गरी सम्सोधन नगरी ईन्टरनेटबाट मस्यौदा सार्वजनीक गर्नु भन्नु हास्यास्पद भएको व्याङग गर्दै उनले भने “हाम्रा देशका प्रधानमन्त्रीलाई ईन्टरनेटको बारेमा थाहा नै छैन । ” यो अबस्थामा संविधान जारी भए देशले शान्ति र सम्बृद्धि प्राप्त नहुने दाबी गर्दै अन्तिरम संविधानले दिएको अधिकार समेत खोस्ने भएको आरोप लगाए । अहिलेको संबिधानको मस्यौदाले पुर्ण प्रेसको समेत हनन हुने गरेको उनले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *