ताजा खबर

वर्षामा निथु्रक्क भिज्दा के महसुस गर्नुभएको छ ?

वर्षामा निथु्रक्क भिज्दा के महसुस गर्नुभएको छ ?

वर्षातमा भिजेका बेला केही लज्जा उत्पन्न हुन्छ । त्यसमा पनि हामी युवतीलाई भिजेको समयमा धेरैले हेर्छन्, त्यसले अझ अप्ठ्यारो स्थिति सिर्जना गर्छ, कतिबेला घर पुगौं जस्तो लाग्छ ।

– रीता केसी, गायिका

१. म मात्र किन यसरी भिजेको होला ? सबै जना म जस्तै निथ्रुक्क भिजे हुन्थ्यो नि अनि हुन्थ्यो हिसाब बराबर । २. मजस्तो निरीह प्राणी यो संसारमा कतै छैन होला, निथ्रुक्क भिजेको मुसाजस्तै… । ३. अन्डरगार्मेन्ट धरि भिज्यो अब के गर्ने होला ?? यस्तै महसुस हुन्छ ।

– सत्यराज आचार्य, गायक

म कहिल्यै निथ्रुक्क भिजेकी छैन । एक त यो ‘बारिसका पानी’ भन्ने कुरा नै मलाई अलिक ‘फिल्मी’ जस्तो लाग्छ । अर्को पानी पर्न थाल्यो भने म नजिकै ओत लागिहाल्छु, भाँड मे जाये दुनियाँ…।

– पूनम पौडेल, समाचारवाचिका

सानो उमेरमा नाङ्गै दौडिएको सम्झिन्छु, अनि पानीमा भिजेका बेला आफू नाङ्गै छु जस्तो लाग्छ, लगाएको पहिरन त्यहीँ खोलेर नाङ्गै दौडिहालूूँजस्तो हुन्छ ।

– भोलाराज सापकोटा, रंगकर्मी

यो बेला आफूलाई मन परेको मान्छे साथ भएको भए सँगै बसेर रोमान्टिक गीत सुन्दै कफी पिउँथे भन्ने भावना मनमा आउँछ ।

– जुना प्रसाईं, गायिका

त्यसरी अचानक पानीमा धेरै पटक भिजेको छु, असार र साउनमा भिज्दा त मज्जा आउँछ तर बाइक चलाएका बेला भिज्दा शरीरभित्र पनि पानी जान थाल्दा चाहिँ के हो, कसो हो हुन्छ । जाडोयाममा भिज्दाचाहिँ दु:ख नै पाइन्छ ।

– अर्जुन पोखरेल, संगीतकार

म त एकदमै रोमान्टिक फिल गर्छु, साह्रै रमाइलो र खुसी मिल्छ, आकाशबाट बर्सिएको पानीमा भिज्दा ।

– हरिशा बानियाँ, मोडल

मलाई एकदमै रमाइलो महसुस हुन्छ, किनभने पानी पर्‍यो कि मलाई भिज्न मन लागिहाल्छ ।

– मुकेश ढकाल, नायक

मलाई त जाडोभन्दा अरू महसुस भए त मरिजाऊँ…. त्यसमाथि हिजोआज त वर्षा भयो कि नरमाइलो मात्र लाग्छ, एकाएक डर बढेर आउँछ ।

– राधिका हमाल, गायिका

सबैभन्दा पहिले आफूसँग भएको सामान कसरी सुरक्षित गर्ने भन्नेतिर लाग्छु अनि शरीरलाई चिसोबाट जोगाउन मैले के–के उपाय अपनाउनुपर्छ अपनाउँछु ।

– उकेश दाहाल निर्देशक

निथ्रुक्क भिज्दा त जाडो हुन्छ नि त्यसमाथि युवती भएकाले आफ्नो पहिरनमा अलि बढी फोकस भइन्छ ।

– शशि रावल, गायिका

पहिलो कुरा भिजेको मुसा जस्तो अनुभव गर्छु । अनि कुनै राम्री युवतीको कल्पना गर्छु । कल्पनाका क्रममा ती युवतीको घर त्यतै कतै नजिकै होस अनि आफू त्यहाँ गएर केही ‘एक्सक्युज’ गर्न (चान्स मार्न) पाऊँ जस्तो लाग्छ ।

– अयुब केसी, नायक

त्यस्तो मौसममा म आफ्नो प्रियतमलाई मिस गर्छु । प्रियतमका साथमा हल्का वाइनको चुस्की लगाउँदै रोमान्टिक भएर आँखामा हेर्दै उनको अँगालोमा बाँधिएर बेली डान्स गर्छु ।

– कमला सापकोटा, गायिका

धेरै नै रमाइलो हुन्छ … अझ पूरै भिज्दाको मज्जा नै बेग्लै हुन्छ तर पाइन्ट भिजेपछि चाहिँ लास्टै चिसो भएर गाह्रो पनि हुन्छ, बाँकी कुरा आफैं बुझ्नुहोला ।

– सुनिल रावल, निर्माता

अचानक वर्षातमा रुझ्नुको मज्जा नै छुट्टै हुन्छ, त्यसमा पनि मलाई पानी पर्ने मौसम असाध्यै मन पर्छ । हुन त धेरै वर्षात हुँदा दैवी विपत्ति आइलाग्ने डर पनि हुन्छ तर मलाई निथ्रुक्क भिजेर घर आइपुगेपछि बाहिर बरन्डामा बसेर करेसाबारीमा मकैको पात बजाउँदै पानी परेको दृश्य हेर्दा आनन्द लाग्छ । त्यतिबेला तात्तातो कफी पिउन मन लाग्छ, जसको मिठास म बयान गर्न सक्दिन् ।

– देविका केसी, गायिका

सधैं पानीमा भिज्दा मलाई एउटा कुरा मात्र महसुस हुन्छ । एउटी सुन्दर युवती मेरो छेउमा आऊन्, छाता ओढाऊन् र सँगै जाऊँ भनून् ।

– सहज बराल, मोडल

पानीमा रुझ्न खुबै रमाइलो हुन्छ तर बिरामी भइन्छ भन्ने डर पनि लाग्छ । भिजे भनेचाहिँ कुनै रोमान्टिक गीतमा आफूलाई मनपर्ने मान्छेसँग डान्स गरेको कल्पना गर्छु ।

– योजना पुरी, गायिका

त्यतिबेला महत्व बुझिँदो रहेछ, न्यानो साथ, कपडा र तातो मकै भटमासको, यी तिनै चिज भए भने जीवन कति धन्य हुन्थ्यो होला ?

– राजन घिमिरे, सञ्चारकर्मी

साथीभाइलाई अब स्याम्पु पनि भयो भने घर गएर सावर लिनै पर्दैन भनेर जिस्क्याउँछु तर आफैंलाई चाहिँ पानीमा भिज्न खासै मन लाग्दैन । टेन्सन हुन्छ– रुघा खोकिको सिकार भइने हो कि भनेर ? त्यसैले वर्षातसँग म चाहिँ अहिलेसम्म परै बसेको छु । रुघा खोकिले नलखेट्ने हो भनें चाहिँ रमाइलै महसुस गर्थे कि जस्तो लाग्छ । एउटा नयाँ जोश आउँछ, पानिमा निथ्रुक्क भिज्दा ।

– निर्णय एनएसके श्रेष्ठ, र्‍यापर

आकाशे पानीले भिजेर निथ्रुक्क भएका बेला म आफ्नो कलेजको दिन सम्झन्छु । म पद्मकन्यामा पढ्थेँ, जहाँ साडी लगाएर कलेज जानुपथ्र्यो । त्यो समयमा हिँडेर नै कलेज–घर गरिन्थ्यो । ओ माई गड, त्यतिबेला पानीमा भिज्दा धेरै नै अफ्ठ्यारो महसुस हुन्थ्यो ।

– नलिना चित्रकार, गायिका

स्रोत  : साप्ताहिक

Related posts