ताजा खबर

अभिलाषालाई लनटेनिसमा सफलता 

काठमाडौ, २०७२ असार १८,

अभिलाषा विष्टले प्रथम प्यारेन्ट्स कप जुनियर लनटेनिस च्याम्पियनसिपमा बिहीबार यू–१२ गल्र्सको उपाधि जितेकी छन् । उनले फाइनलमा सलोनी तामाङलाई ६–१ र ७–५ ले हराएर सफलता हात पारेकी हुन् ।

सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस कोर्टमा भएको खेलमा रनव सिंह ब्वाइज यू–९ स्पर्धामा पहिलो भएका छन् । उनले फाइनलमा आयुष्मान घलेलाई ८–० ले पन्छाउँदै उपाधि हात पारेका हुन् ।

रनवले यू–१० ब्वाइजको सेमिफाइनलमा भने हार बेहोरेका छन् । उनलाई ८–६ ले हराएर आर्यन गिरी फाइनल प्रवेश गरे । अर्को सेमिफाइनलमा आदित्य सुवेदीले अकी रावतलाई ८–३ ले पराजित गरेर आर्यनसँगको फाइनल भेट पक्का गरे । यू–१२ को फाइनलमा अदित सुवेदी र सम्यकभूषण वज्राचार्य भिड्ने भएका छन् । सेमिफाइनलमा अदितले आदित्य सुवेदीलाई र सम्यकभूषणले आर्यनलाई समान ६–१ र ६–० ले पराजित गरे ।

ब्वाइज यू–१४ को सेमिफाइनलमा प्रणव खनालले अभिनव आचार्यलाई ६–४ र ६–० तथा आदित सुवेदीले सहर्षबहादुर चन्दलाई ६–२ र ६–१ ले हराए । यू–१६ तर्फ संरक्षकभूषण वज्राचार्यले सक्षम कार्कीको चुनौती ४–६, ७–६, ६–३ ले समाप्त पारे । अर्को खेलमा प्रणव खनालले विवेक श्रेष्ठलाई ६–२ र ६–३ ले पन्छाए ।

संरक्षकले यू–१८ को सेमिफाइनलमा विवेक श्रेष्ठलाई ६–३ र ६–० ले हराए । अर्को खेलमा सक्षम कार्कीले आकाश लामखोलेमाथि ६–० र ६–४ को जित हात पारे । यू–१६ गल्र्समा विजिशा श्रेष्ठले मेधावी गिरीलाई ६–३ र ६–२ ले हराइन् । त्यस्तै, माहिका राणाले इरा रावतलाई ६–४, ५–७ र ६–० ले हराएकी थिइन् ।

स्रोत : कान्तिपुर

Related posts