ताजा खबर

बैंकमा निक्षेप ७ अर्ब कर्जा ४ अर्ब बढ्यो  

काठमाडौं, २०७२  असार १८,

गत साता वाणिज्य बैंकमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्लो साता वाणिज्य बैंकहरूको कुल निक्षेप १४ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा गत गत शुक्रबारसम्म १४ खर्ब १८ अर्ब रुपैयाँ पुगेको हो । भूकम्पपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम उच्च दरले बढेको छ । भूकम्पपछि नागरिकले घरमा रहेको नगद बैंकमा राखेको, रेमिट्यान्स आप्रवाह उच्च दरले बढेको, राहत तथा उद्धारमा ठूलो रकम संकलन भएकोलगायत कारण निक्षेप उच्च दरले बढेको बताइएको छ । सोही अवधिमा वाणिज्य बैंकहरूको कर्जा तथा सापटी करिब ४ अर्ब रुपैयाँ बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यद्यपि, निक्षेपको तुलनामा कर्जा प्रवाह निकै कम मात्र बढेको छ । पाँच साता परिमाणात्मक रूपमा वाणिज्य बैंकको कर्जा प्रवाह स्थिर रहेको थियो । सो अवधिमा वृद्धिदर शून्य रहेको वाणिज्य बैंकको कर्जा गत साता बढेको हो । यसले बैंकहरूमा बिस्तारै कर्जा माग आउन थालेको संकेत दिने जानकारले बताएका छन् । अघिल्लो साता १० खर्ब ८० अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कर्जा तथा सापटी गत साता बढेर १० खर्ब ८४ अर्ब रुपैयाँ पुगेको हो ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *