ताजा खबर

नेतृत्वप्रति कांग्रेस सभासद् आक्रामक 

काठमाडौं, २०७२ असार १८,

कांग्रेस सभासद्हरुले संविधानको मस्यौदामा आफ्ना मुद्दा राख्न नसकेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । मस्यौदामा बहुलवाद नराखिएको र अदालतको आदेशलाई बेवास्ता गरिएकोप्रति कांग्रेस सभासद्हरुले नेतृत्वको आलोचना गरेका हुन् ।

कांग्रेस संसदीय दलको बिहीबार बसेको बैठकमा सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्ने र फास्ट ट्रयाकमा संविधान जारी गरेमा मुलुक द्वन्द्वमा फस्ने चेतावनी पनि सभासद्हरुको छ । भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि, सभासद्हरु डा. शेखर कोइराला, मनमोहन भट्टराई, अमरेशकुमार सिंह, मीन विश्वकर्मा, मानबहादुर विश्वकर्मालगायतले नेतृत्वको आलोचना गरेका हुन् ।

मन्त्री निधिले १६ बुँदे सहमति तत्काल कार्यान्वयन नगर्नू भनी अदालतले दिएको आदेशलाई बहुलवादी पार्टी कांग्रेसले अवज्ञा गरेर गल्ती गरेको बताए ।

यसैबीच कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा सरकारको व्यापक आलोचना भएको छ । जिल्ला सभापतिहरुले भूकम्प र बाढीपहिरोका कारण घरबास गुमाएकाका परिवारलाई सरकारले प्रभावकारी रुपमा राहत दिन नसकेको भन्दै सरकारको आलोचना गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

स्रोत : रातोपाटी

Related posts