एजेन्सी ,०७२ असार १८,
काठमाडौं : चीनमा शुक्रबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । चीनको पश्चिमी प्रान्त सिन्जियाङमा शुक्रबार बिहान कडा भूकम्पको धक्का महसुस भएको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।
चीनको पश्चिमी शहर होटनबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु रहेको यो भूकम्प पृथ्वीको १० किलोमिटर भित्र गएको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।
स्रोत : अन्नपुर्णपोस्ट