ताजा खबर

साना सञ्चार माध्यम तथा साप्ताहिक पत्रिका संकटमा

दिननाथ बराल
पोखरा  २०७२ असार १८,

साना लगानीका संचार माध्यम तथा साप्ताहिक पत्रिका संकटमा पर्दै आएको सुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । प्रेस काउन्सील नेपालको आयोजना नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा सुक्रबार पोखरामा आयोजना भएको विपदकालमा साना लगानीका सञ्चार माध्यमको भुमिका समस्या र समाधन मिडिया सम्वाद कार्यक्रममा वोल्ने वक्ताहरुले आवश्यकता भन्दा बढी संचार माध्यमहरु भएको, पुरानै अबस्थामा पत्रिकाहरु संचालन हुदै आएको, अस्वस्थ प्रतिष्प्रर्धा, आधुनिक प्रविधिको व्यापक प्रयोग लगायतको कारणले गर्दा साना तथा साप्ताहिक पत्रिकाहरु संकटमा परेको बताएका हुन ।

त्यसै गरी सहभागिहरुले अनलाईन पत्रकारीताले गर्दा पत्रिकाको रुचि घट्दै गएको, पाठक बर्गले पनि पत्रपत्रिकाहरु न्युन सङख्यामा पढ्ने भएकोले तथा पत्रिकाका समाचार लेखहरु पनि प्रायः पुरानै ढर्रामा हुने भएकोले पनि साना सञ्चार माध्यम तथा साप्ताहिक पत्रिका संकटनमा पर्दै आएकोे बताएका हुन । काउन्सीलका सदस्य तथा विश्व प्रेस काउन्सीलका उपाध्यक्ष किशोर कुमार श्रेष्ठले नेपाल सरकार हालसम्मकै प्रेस प्रतिको कठोर भएको आरोप लगाए । नेपालले भूकम्पको ठुलो सामना गरेको अबस्थामा पनि न्युनतम साप्ताहिक पत्रिकालाइ बर्षमा ३ अंक निकाल्न नसकेको खण्डमा पनि दर्ता तथा नविकरणको लागि मान्यता दिन आग्रह गर्दा एक दिन मात्र दिएकोले सरकार प्रेस प्रति कठोर भएको उनले आरोप लगाएका हुन । उनले भने “ हाल सानो लगानीका संचार माध्यम तथा साप्ताहिक पत्रिकाहरु संकटकाल होईन अनिकालको अबस्थामा छन, विश्वमा पनि धेरै साप्ताहिक पत्रिकाहरु लोप हुदै गएका छन भने राजनैतिक पार्टीलाई आधार बनाएका पत्रिकाहरु केहि बन्द भए केहि पनि वन्द हुने अबस्थामा छन । ” नेपालमा रहेका ८० प्रतिशत जसो साना संचार माध्यम रहेकोले यी सवै संञ्चार माध्यमहरु डाईनोसरसको अबस्थामा पुग्न लागेको उनले दाबी गरे । समानुपातीक बिज्ञापन प्राणाली सरकारले समान रुपमा वितरण गरेको आरोप लगाउदै सदस्य श्रेष्ठले ३ अर्वको मात्र सरकारी बिज्ञापन हुने भए पनि एकै पत्रिकामा ६० पव्रतिथशत जसो बिज्ञापन हुने गरेको दाबी गरे । अझै पनि एक सय पत्रिकामा हु वहु सामाचार प्रकाशन हुने गरेको उनले दाबी गरे । उनले भने “पत्रकारीतामा राजनैतिक छ,
गैर पत्रकारले सदस्यता लिएको कारणले गर्दा नेपालमा हाल रहेका १४ हजार पत्रकार अत्याधिक हो, यो नेपालमा आवश्यक नै छैन । ” हालसम्म मारिएका तथा घाईते भएका पत्रकार पत्रकारीता गर्ने क्रममा नमारिएको तथा घाईते नभएको उनले दाबी गरे । त्यसको कारक तत्व अन्य भएको सदस्य श्रेष्ठले जनाए ।

प्रेस काउन्सीलका सदस्य माधव शर्माले साना लगानीका सञ्चार माध्यमको समस्या र माधानका उपायको आफ्नो धारण सहितको कार्यपत्र प्रस्तुतः गरेका थिए । लोककल्याणकारी बिज्ञापनको नाममा सरकारले ७३ करोड खर्च गरे पनि एफएमहरुलाई २० हजार मात्र रकम दिएको उनले गुनासो गरे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले कास्कीमा पत्रकारहरुले तलव नपाएको भन्ने हालसम्म कुनै गुनासो नआएको बताए । पत्रकार जिम्मेवार बन्न सके पत्रकारीतामा देखिएका धेरै समस्या समाधान हुने उनले तर्क गरे । नेपाल पत्रकार
महासंघका उपाध्यक्ष तथा प्रेस काउन्सीलका सदस्य समेत रहेका खिलबहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कास्कीका संचार माध्यमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको महासंघ कास्कीका सचिव त्रिभुवन पौडेलले बताए । सहभागिहरुले विभिन्न सुझाव तथा जिज्ञासा समेत राखेका थिए ।

Related posts