मुम्बई, २०७२ असार १७,
अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जालमा आफ्नो छोरी आराध्याका बारेमा गरिने टिप्पणी आफूलाई सैह्य नहुने बताएका छन्। एक फ्यानले गरेको ट्वीटलाई लिएर उनले यस्तो आक्रोश पोखेका हुन्।
ती फ्याले गरेको ट्वीटमा भनिएको थियो, ‘आराध्याको बुबा अभिषेकलाई ‘द्रोणा’ र झूम बराबर भूम’ मन पर्दैन।’ र यस्तो पनि लेखिएको थियो, ‘आमा ऐश्वर्याले बाबा अभिषेकसँग किन विबाह गरिन् भन्ने ज्ञान पनि आराध्यालाई छैन।
आफ्नो आगामी चलचित्र ‘अल इज वेल’को पहिलो ट्रेलर सार्वजनिक गर्ने कार्यक्रमका दौरान अभिषेकले भने, ‘मलाई थाहा छ, मेरा आमा बुबा र मेरी पत्नी पब्लिक फिगर हुन्। तर मेरी छोरी हैन। मलाई कसैले मेरी छोरीको बारेमा यस्तो कुरा गरेको मन पर्दैन।’
उनले भने, ‘म अलिकति पनि सहन सक्दिन कि कसैले मेरी छोरीका विषयमा टिप्पणी गरोस्। यदि तपाईंलाई बोल्ने र लेख्ने पूर्ण स्वतन्त्रता छ भने मलाई पनि त्यसप्रति आफ्नो भनाई व्यक्ति गर्ने पूरै स्वतन्त्रता छ।’
चलचित्र अल इज वेल ३१ अगस्टमा रिलिज हुने कार्यक्रम छ। यस चलचित्रमा अभिषेकबाहेक ऋषि कपुर, असिन तथा सुप्रिया पाठकको मुख्य भूमिका छ।
स्रोत : नागरिक