ताजा खबर

सर्वोच्चमै भ्रष्टाचार   

काठमाडौं, २०७२ असार १७,

सर्वोच्च अदालत सूचना प्रविधि शाखामा कम्प्युटर, प्रिन्टर, ल्यापटपलगायतका विद्युतीय सामग्री खरिदमा अनियमितना भएको छ । सार्वजनिक खरिद ऐनविपरीत सूचना प्रविधि समितिले खरिद सम्झौता गरेको छ । समितिको नेतृत्वमा प्रधानन्याधीश रामकुमारप्रसाद साह छन् । समितिले करिब ४ करोड रुपैयाँमा कम्प्युटर , पिन्टर, ल्यापटपलगायतका विद्युतीय सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमध्ये डेस्कटप कम्प्युटर खरिदमा मात्र संस्थालाई ४० लाख रुपैयाँभन्दा बढी हानीनोक्सानी हुने गरी सम्झौता भएको छ । सर्वोच्चले डेस्कटप कम्प्युटर खरिद गर्न आह्वान गरेको बोलपत्रमा सबैभन्दा बढी रकम प्रस्ताव गरेको वल्र्ड डिस्ट्रिव्युसन नेपालसँग सम्झौता गरेको छ । सो कम्पनीले प्रतिकम्प्युटर ७१ हजार ४ सय रुपैयाँमा आपूर्ति गर्न प्रस्ताव गरेको छ, आजको नयाँ पत्रिका दैनिकमा यससम्बन्धी खबर छापिएको छ ।

स्रोत : रातोपाटी

Related posts