लाइबेरियामा फेरि इबोला भाइरल  

लाइबेरिया, २०७२  असार १७,

अफ्रिकी मुलुक लाइबेरियामा एक मृतक युवकमा इबोला भाइरसको संक्रमण पाइएको छ। लाइकेरियालाई केही हप्ता पहिलामात्र इबोला मुक्त देश घोषणा गरिएको थियो।

तर इबोला भाइरसकै कारणले एक युवकको मृत्यु भएपछि मानिसमा चिन्ता थपिएको छ।बीबीसीका अनुसार लाइबेरियाका उप स्वास्थ्यमन्त्री टोल्बेर्ट न्येन्स्वाहले १७ वर्षीय एक युवकको इबोला भाइरसबाट मृत्यु भएको पुष्टि गरेका छन्। ‘मृतकको शरीर सावधानीसँग गाडिएको छ। अब आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने। तर आम मानिसलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

अफ्रिकी देशमा डिसेम्बर २०१३ मा इबोलाको पहिलो संक्रमण देखिएको थियो। हालसम्म ती मुलुकहरुमा ११ हजार भन्दा मानिसको मृत्यु भइसकेको छ। त्यसमा पनि सबैभन्दा बढी लाइबेरिया, पपुवा न्यु गिनी र सिएरा लियोनमा मानिसको मृत्यु भएको थियो।

स्रोत : नागरिक

Related posts