ताजा खबर

२३ असारमा एसएलसी आइकन  

काठमाडौं, २०७२ असार १७,

एसएलसी उत्तीर्ण छात्राबीच सौन्दर्य प्रतियोगिता गरिने भएको छ । गत वर्षको झैँ अल नेपाल पब्लिकेसनले यस वर्ष पनि मिस एसएलसी आइकन २०१५ आयोजना गर्दै छ । प्रतियोगितामा राजधानीका विभिन्न स्कुलबाट एसएलसी उत्तीर्ण निरुता केसी, स्विन्जा सुनाम, कुसुम कोइराला, अन्जिला महर्जन, वर्षा लोप्चन, दीक्षा अधिकारी, निशा सेन ठकुरी, बन्दना महर्जन, एलिना श्रेष्ठ, निकिता महर्जन, आयुषा खड्गी र रिया दिवाकर प्रतिस्पर्धामा छन् । २३ असारमा हुने फाइनल प्रतियोगिता भव्य रूपले सम्पन्न गर्ने दाबी आयोजक संस्थाका प्रबन्ध निर्देशक लबबहादुर कार्कीको छ । अश्विनी झाको कोरियोग्राफी र शम्भुप्रसाद रेग्मीको संयोजनमा सम्पन्न हुने प्रतियोगितामा उपाधि विजेतालाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउने बताइएको छ ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *