दिननाथ बराल
पोखरा २०७२ असार १७,
कास्कीको हसंपुर, माझगाँउ, हटिया क्षेत्रमा अधिकाशंको घर घरमा व्यावसायीक वाख्रापालन सुरु भएको छ । कृषिवालीबाट व्यावसायीक रुपमा अघि बढ्न नसके पछि स्थानीयहरु पछिल्लो केहि बर्ष देखि व्यावसायीक पशुपालन अन्र्तगत वाख्रापालनमा लागेको स्थानीयहरु बताउछन ।
माझगाँउका ६० बर्षीय श्रीप्रसाद न्यौपानेले आफुहरुले कृषि खेतिसंगै व्यावसायीक रुपमा वाख्रापालनलाई जोड दिएको बताए । उनले भने “हाम्रो गाँउमा पछिल्लो क्रममा वाख्रा पालन व्यावसाय फस्टाएको छ, हाम्रा अधिकाशं घर घरमा धेरै थोरै वाख्रा पालन भएको छ । ” बार्षिक वाख्रा पालन गरेरै बार्षिक रुपमा एक लाख बढी आम्दानी गर्न सफल भएको बताएका न्यौपानेले आफुहरुको लगानी अनुसारको वाख्राको उत्पादन कम भएकोले गुनासो गरे ।
४५ बर्षीया एक स्थानीय नारायणी न्यौपानेले आफुहरुलाई आर्थिक उपार्जन गर्न सजिलो माध्यम भएकोले कृषि पेशा भन्दा वाख्रा पालन व्यावसाय केहि बर्ष देखि गर्दै आएको बताईन । उनले भनीन “मैले वाख्रा पालेरै ४ जना छोरा छोरी हुर्काए, मेरो जिन्दगी वाख्रामा जाने भयो अब धेरै आम्दानी गर्नको लागि हामीलाई उन्नत जातको वोका आवश्यक छ ।” आफुहरुसंग स्थानीय जातको वाख्रा भएकोले लगानी अनुसारको प्रतिफल धेरै नभएकोले उन्नत जातको बोका आवश्यक भएको उनी सहित स्थानीयले माग गरेका छन । कास्कीको हसंपुर, माझगाँउ र हटिया क्षेत्रका करीब ३ सय घर धुरीमा वाख्रा पालन संचालन हुदै आएको छ ।
जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डाक्टर राकेश प्रजापतिले समुह वा समितिबाट न्युनतम १० जनाको टोली कार्यालयमा आएको खण्डमा आवश्यकता र अनुगमन गरी प्रथामिकताको आधारमा उन्नतजातको बोका खरिदको लागि १२ हजारसम्म अनुदान दिने गरेको बताए । उनका अनुसार जमुनापारी जातको वाख्रा व्यावसायीक रुपमा राम्रो मानिन्छ । उक्त वाख्रा दैनिक जसो करीब ५० ग्रामले बढ्ने उनले बताए । उक्त जातको वाख्रा ६० केजीसम्म हुने भएकोले यस्तो वाख्रा कृषकहरुलाई धेरै मुनाफा हुने प्रजापतिले जनाए ।