दिननाथ बराल
पोखरा , २०७२ असार १७,
यातयात व्याबस्था कार्यालय पोखरामा घुस लिदै गर्दा रंगे हात पक्राउ परेका दुई लेखा अधिकृत धरौटीमा छुटेका छन । सेवाग्राहिसंग १० हजार घुस लिदै गरेका यातयात कार्यालयका लेखा अधिकृत द्वय गोविन्द प्रसाद बराल र नारायणहरी शर्मा अधिकारीलाई मंगलवार अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराको एक टोलीले रंगे हात पक्राउ गरेको थियो ।
उ
नीहरुलाई विहिबार वेलुका जनहि २०÷२० हजार सहित धरौटिमा छाडिएको अख्तियार अनुसन्धान आयोग पोखरा कार्यालयका सुचना अधिकृत नरेन्द्र भट्टराईले बताए । उनीहरुको मुद्धा अदालतमा पुगेकोले फैसला नहुन्जेल जागीर निलम्वनमा परेको भट्टराईले बताए ।
सेवाग्राही टेकबहादुर बरुवालले निजि कारको नविकरण गर्दा लाग्ने रकम तिरी सक्दा समेत विल वुक दिन लेखा अधिकृतहरुले आल टाल गरी थप रकम १० हजार माग गरे पछि उनले मंगलबार १० हजार दिदै गर्दा अख्तियारको टोलीले रंगे हात पक्राउ गरेको अख्तियारले जनाएको छ । रंगे हात पक्राउमा परेका लेखा अधिकृत दुबै जनालाई असार १५ गते प्रहरी हिरासतमा राखिएको थियो ।
बरुवालले आफ्नो गाडीको नविकरण गर्दा कार्यालयबाट तोकिएको रकम २४ हजार ३ सय रुपैया तिरेर रसिद लिए पनि दुई महिना देखि विलबुक नपाएको गुनासो गरेका छन । लेखा अधिकृतहरुले २० हजार रुपैया माग गरे पनि १० हजार भए पनि हुन्छ भनी माग गरे पनि आफुले १० हजार दिएको उनले बताए । यस बिषयमा भने लेखाअधिकृत द्वय बराल र अधिकारीले अख्तियारले आफुहरुलाई नियोजित ढंगले भ्रष्टचारको मुद्धामा पारेको गुनासो गरेका छन ।