ताजा खबर

इशाश्री शाह पहिलो

काठमाडौ, २०७२ असार १६,

इशाश्री शाहले प्रथम प्यारेन्ट्स कप जुनियर लनटेनिस च्याम्पियनसिपको गल्र्सतर्फ यू–१० मा बुधबार पहिलो स्थान हासिल गरेकी छन्। उनले फाइनलमा श्रीस्था राईलाई ८–० ले पराजित गरिन्।

सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस कोर्टमा ब्वाइज यू–९ तर्फ रनव सिंहले राजवीर प्रधानलाई ८–० ले हराए। यू–१० मा रनवले साक्षात शाहीसाग ८–२ को हार ब्यहोरे। अर्को खेलमा अकी रावतले आरभ हाडालाई ८–४ ले पराजित गरे।

यू–१२ तर्फ तरुष अग्रवालले आर्यन गिरीलाई ८–० ले पराजित गरे भने आदित्य सुवेदीले अकी रावतलाई ८–५ ले निराश पारेका थिए। यू–१४ तर्फ अभिनव आचार्यले सुशान्त कुइँकेललाई ८–१ ले तथा यू–१६ मा संरक्षकभूषण वज्राचार्यले सौरभ पाण्डेलाई त्यति नै स्कोरले पछि पारे।

प्रणव खनालले सहर्ष चन्दलाई ८–० ले हराए।

स्रोत  : कान्तिपुर

Related posts