ताजा खबर

बक्राहाको बाढीले मधुमल्ला जलमग्न

मोरङ , २०७२ असार १६,

बक्राहा नदीमा आएको बाढीले बाँध फुटाएर बस्तीमा पस्दा मोरङको मधुमल्ला गाविसका चारवटा वडा मंगलबार रातिदेखि जलमग्न भएका छन् ।

१९ नम्बर स्कोर (बाँध) फुटाएर दुई ठाउँबाट खोलो बस्तीमा पस्दा मधुमल्ला ४, ५, ६ र ८ नम्बर वडा पूरै जलमग्न भएका हुन् ।

पुरानो बाँध मर्मतमा चासो नदिँदा बाढी गाउँमा पसेको हो । ‘बाँध धेरै पुरानो थियो । मर्मतका लागि  सम्बन्धित निकायमा पटक पटक भन्यौं,’ घटनास्थलमा पुगेका सुरक्षा प्रमुखसँग स्थानीय बासिन्दाले गुनासो राख्दै भने, ‘त्यही पुरानो बाँध फुटाएर खोलो बस्तीमा पस्दा धेरै गाउँ नै डुब्यो

मंगलबार १२ बजे मधुमल्ला–४ को शान्ति टोल र ५ को कसेनीबाट बक्राहा खोला बाँध फुटाएर एकै पटक बस्ती पस्दा स्थानीयबासीमा भागदौड मच्चिएको थियो ।

बक्राहाको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । मधुमल्ला–५ का ४ वर्षीय शिशिर थापाको बाढीले बगाएर मृत्यु भएको हो । पहाडी इलाकामा केही दिनदेखि जारी अविरल वर्षपछि खोलामा आएको बाढी पसेर गाउँमा वितण्डा मच्चाएको स्थानीय बासिन्दाले बताए ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *