प्रधानमन्त्रीले भने, ‘लिपुलेक सम्झौताबारे सरकार सचेत छ’

काठमाडौं, २०७२ असार १६,

प्रधानमन्त्री सुशील कोइरालाले चीन र भारतबीच भएको लिपुलेक सम्झौताबारे सरकार सचेत रहेको बताएका छन ।

बुधबार युवा संघ नेपालकी उपाध्यक्ष दिलु पन्तको नेतृत्वमा ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेको टोलीसँग कोइरालाले भने, ‘लिपुलेकबारे सरकार कन्सियस छ ।’

उनले लिपुलेक सम्झौताको विस्तृत अध्ययन भैरहेको र केहि समयभित्रै नेपालले आफ्नो भुमिमाथि अधिरकार प्राप्त गर्ने दावी गरे । कोइरालाले भने, ‘मैले परराष्ट्रमन्त्रीलाई सम्झौताको अध्ययन गरेर कुटनीतिक पहल थाल्न निर्देशन दिइसकेको छु ।’

उनले कुटनीतिक पलहद्धारा नेपालले आफ्नो भुमिमा अधिकार प्राप्त गर्ने जानकारी दिँदै युवाहरुको पहल कदमीले सरकारलाई झक–झकाउने समेत बताएका थिए ।

ज्ञापनपत्र बुझाउँदै संघकी उपाध्यक्ष पन्तले कुटनीतिक पहल फितलो भएको आशंका गरेकी थिइन् । उनले सरकारले उचित पहल कदमी नलिए आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिइन् ।

जवाफमा कोइरालाले यस्ता समस्याहरुको कुुटनीतिक समाधान आवश्यक पर्ने बताउँदै सरकारले आफ्नो भुमिमा आफ्नै स्वामित्व कायम गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

युवा संघले कुनै लिपुलेक सम्झौता खारेजीको माग राखेको छ ।

स्रोत  : रातोपाटी

Related posts