ताजा खबर

दार्जीलिङमा पहिरोले कम्तिमा १८ जनाको मृत्यु

काठमाडौं, २०७२  असार १६,

भारी वर्षातपछि झरेको पहिरोमा परेर दार्जीलिङमा कम्तिमा १८ जनाको ज्यान गएको छ । गएरातिबाट दार्जीलिङ, कालिम्पोङ र कुर्सेयोङ भएको भारी वर्षातका कारण ठूलो संख्यामा हताहती भएको हो ।

पहिरोमा परेर कालिम्पोङमा १५ जना स्थानीयबासी वेपत्ता भएका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अनुसार दार्जीलिङ, कालिम्पोङ र मिरिकमा पहिरोमा पुरिएका मध्ये अधिकांशको शव निकालिएको छ ।

भारतीय सशस्त्र सीमा बललाई उधृत गर्दै अल इन्डिया रेडियोले जनाए अनुसार पहिरोले दार्जीलिङ र सिक्किमलाई जोड्ने राष्ट्रिय राजमार्ग क्षतिग्रस्त भएको छ ।

पहिरोले मोबाइल तथा टेलिफोन सेवासमेत अवरुद्द भएको छ । पहिरोबाट ठूलो क्षति भएपछि एसएसीका दुई बटालियन जवान उद्धारमा खटिएका छन् । दार्जीलिङ, सिक्किम र कुर्सेयोङक्षेत्रमा मात्रै २५ वटा ठूला पहिरो झर्दा त्यहाँको आधारभूत सेवा अस्तव्यस्त भएको छ ।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *