ताजा खबर

अफगानिस्तानमा आत्मघाती विस्फोट, ७ को मृत्यु

काबुल, २०७२  असार १६,

अफगानिस्तानको राजधानी काबुलस्थित नेटो सैनिक समूहलाई निशाना बनाएर मंगलबार गरिएको आत्मघाती विस्फोटमा सातजनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार विमानस्थल जाने बाटोमा भएको यो विस्फोट कूटनीतिक पदाधिकारीको निवासनजिकै गरिएको थियो । आत्मघाती आक्रमणकारी एउटा गाडीमा गएर उक्त क्षेत्रमा विस्फोट गराएको प्रहरीले जनाएको छ । तालिबानले यो विस्फोटको जिम्मेवारी लिँदै नेटो सैनिकले तत्कालै अफगानिस्तान नछाडे अर्को ठूलो आक्रमण गर्ने चेतावनी दिएको छ । अफगानिस्तानमा गत वर्ष डिसेम्बरमा युद्ध अभियान सकेको घोषणा गरेको थियो । तर, अहिले पनि नेटो सैनिक अफगानिस्तानमै छन् ।

स्रोत : नया पत्रिका

Related posts