दिननाथ बराल
पोखरा २०७२ असार १६,
पोखरा लेकसाईड र काठमाण्डौको धुमवाराहीचोकमा हालै स्थापना भएको पिजा हाउसले पिज्जा खाने उपभोक्ताहरुलाई ट्राङ्किलिटी स्पाःमा एक हजार ५ सय रुपैया बराबरको छुट दिने घोषणा गरेको छ । पछिल्लो क्रममा स्पाःका सेवाग्राहिहरु बढेकोले आफ्नो ब्राण्ड पिज्जाको समेत बजार प्रवद्र्धन गर्न यस्तो छुटको घोषणा गरेको पिज्जा हाउसका संचालक विजय गुरुङले बताए ।
भोलि विहिबार देखि लागु हुने गरी उक्त छुटको व्याबस्था पोखरा तथा काठमाण्डौबाट लागु हुने गुरुङले बताए । न्युनतम पनि एक प्लेट पिज्जा खादा उपभोक्ताले यस्तो छुट पाउने भएको छ । प्रति प्लेट पिज्जाको मुल्य भने २ सय ५० रहेको छ भने प्रत्यक स्वाद अनुसार ७५ रुपैया बढी शुल्कः लाग्ने संचालक गुरुङले बताए । ट्राङ्किलिटी स्पाःले भने न्युनतम एक घण्टाको प्याकेज अर्थात २ हजार ५ सय मुल्य बराबरको सेवालिने उपभोक्तादेखि १० हजार मुल्यसम्मको सेवाग्रासहिलाई १ हजार ५ सय मुल्य छुट दिने भएको ट्राङ्किलिटी स्पाःका संचालक भुवन फैजुले बताए । उनका अनुसार ट्राङ्किलिटी स्पाःले काठमाण्डौ, पोखरा लगायतका ठाँउबाट उक्त सेवा दिदै आएको छ ।
पिज्जाको साथमा पिज्जा हाउसमा वर्गर, पास्ता, वीन्स, कपि बेकरी समेत पाईन्छ । पिज्जा हाउसमा अहिले विभिन्न १६ स्वादका पिज्जा पाईन्छ । पिज्जा हाउस संचालक गुरुङले भने “हामीले पोखरा जसरी काठमाण्डोमा पनि निशुल्कः होम डेलिभरीको सेवा सुविधा दिएका छौं ।” पोखरा पिज्जा हाउसले निशुल्क रुपमा होम डेलिभरी सेवा दिदै पिज्जा घर घरसम्म पुराउदै आएको छ । घर घरमा पिज्जा पुराउनको लागि पोखरामा ४ वटा मोटरसाईकल पिज्जा हाउसले संचालन गर्दै आएको छ भने काठमाण्डौंमा भने ५ वटा मोटरसाईकल प्रयोग भएका छन । भूकम्पको प्रभावले गर्दा पोखरा र काठमाण्डौमा पिज्जाको व्यापारमा विदेशी पर्यटकहरुको आमगन घटे पनि स्थानीयको भने खासै घटवढ नभएको गुरुङले बताए । खाजाको रुपमा पिज्जा बढी प्रयोग भएको उनले बताए ।