ताजा खबर

मस्यौदा च्यात्दैमा संबिधान निमार्ण प्रकृया रोकिदैन सञ्चार मन्त्री–रिजाल

दिननाथ बराल
पोखरा २०७२ असार १६,

सुचना तथा सञ्चार मन्त्री डाक्टर मिनेन्द्र रिजालले मधेषिदलका केहि नेताले संबिधानको मस्यौदा च्यात्दैमा संबिधान निमार्ण प्रकृया कुनै हालतमा नरोकिने दाबी गरेका छन । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा वोल्दै मन्त्री रिजालले संविधान निमार्णको मस्यौदाको क्रममा केहि बिबाद आए पनि यस्ता बिबादले संबिधान निमार्ण प्रकृयालाई कुनै असर नपार्ने बताएका हुन ।

उनले भने “संबिधानको प्रारम्भीक मस्यौैदा भनेको यो संबिधानको पुरा रुप होईन, यसलाई हामीले संबिधान आयो, यो बिबाद भयो भन्नु भएन, मस्यौदा संबिधानको पुरा रुप नभएकोले त्यसमा हरेक धारामा विरोध नरहने गरी दल र जनता समक्ष छलफल गरी सम्सोधन हुन्छ । ” संबिधान निमार्ण प्रकृयालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बताउदै मन्त्री रिजालले प्रारम्भीक संबिधान सभाको मस्यौदा संबिधान सभा मार्फत जनता समक्ष जाने र जनताको विचार समेत वोकेर पुनः फर्किए पछि संबैधानिक राजनैतिक संवाद तथा सहमती समितिले सम्सोधन गरी संबिधान सभामा ल्याउने उनले बताए ।

संबिधान सम्सोधन गर्न राजनैतिक दल तथा जनताले आफ्नो विचार व्यक्त गर्न पाउने भएकोले जनताको मत बुझे पछि जनताको विचारलाई कदर गरेर केहि विरोध नरहने गरी संबिधान निमार्ण गर्न सरकार तत्पर रहेको मन्त्री रिजालले बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री रिजालले सकभर समहतिमा संबिधान जारी गर्ने नसके दुई तिहाई बहुमतमा संबिधान जारी गर्नूको विकल्प नभएको दाबी गरे । उनले भने “ संबिधानको मस्यौदा सहमतिमा प्रस्तुत हुने हो तर सहमति नभए दुई तिहाई चाहिन्छ ।”

त्यसैले कुनै कुनै कुरामा यथेस्ट मेहनत नभएको भए त्यस तर्फ ध्यान दिने समय आएको उनले बताए । संबिधान सभामा उत्पन्न भएका बिबादलाई अन्त्य गर्न तथा विचारलाई समेट्न अन्तिम समयसम्म परिमार्जन गर्न आफुहरु तयार रहेको समेत मन्त्री रिजालको भनाई थियो । संबिधान निमार्णमा सकभर केहि विरोध नरहने किसिमले सरकारले काम गर्न खोजेको उनले प्रष्टाए ।

नेपाली काग्रेंसका नेता समेत रहेका मन्त्री रिजालले नेपाली काग्रेंसको महाधिवेसन तोकिएको मिति भदौमा नै हुने दाबी गरे । उनले आफु पार्टी सभापतिको पदमा भने नउठ्ने मनसाय व्यक्त गर्दै अन्य पदको लागि तयार भएको अभिव्यक्ति दिएका छन । पार्टीभित्र सदस्यता विवाद छ नी भन्ने पत्रकारको प्रश्नमा त्यही विबाद भएर बिबाद अन्त्य गर्न समिति गठन भएकोले समितिले राम्रोसंग छानविन गर्ने विश्वास व्यक्त गरे । आफुहरु संबिधान बनायर महाधिवेसनमा जान चाहेकोले असार मसान्तर भित्रै संबिधान जारी गर्ने अबस्थामा रहेको समेत उनले बताए।

पत्रकारहरुको बिषयमा के कस्ता समस्या छन र के कस्ता कुराहरु समेट्नु पर्दछ भनी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्षसंग टेलिफोनबाट सुझाव माग्दा कुनै सुझाव नदिएको मन्त्री रिजालले गुनासो समेत गरेका छन । प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *