यातयात व्याबस्था कार्यालय पोखरामा घुस लिदै गर्दा दुई कर्मचारी अख्तीयाको फन्दामा

दिननाथ बराल,
पोखरा , २०७२ असार १५,
यातयात व्याबस्था कार्यालय पोखरामा घुस लिदै गर्दा दुई कर्मचारी अख्तीयारको फन्दामा परेका छन । सेवाग्राहिसंग १० हजार घुस लिदै गरेका कार्यालयका लेखा अधिकृत गोविन्द प्रसाद बराल र लेखा अधिकृत नारायणहरी अधिकारी अख्तियारको फन्दामा परेका हुन ।
उनीहरुलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराको एक टोलीले घुस लिदै गर्दा रंगे हात पक्राउ गरी नियन्त्रणमा लिएको अख्तियार अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ । सेवाग्राही टेकबहादुर बरुवालले गाडीको नविकरण गर्दा उनीहरुलाई उक्त रकम दिदै गर्दा अख्तियारले रंगे हात पक्राउ गरेको अख्तियार अनुसन्धान आयोग पोखरा कार्यालयका सुचना अधिकृत नरेन्द्र भट्टराईले बताए । उक्त घटनाको बारेमा अनुसन्धान भईरहेको सुचना अधिकृत भट्टराईले बताए ।

Related posts