ताजा खबर

रोपाई महोत्सवमा १८ देशका १५० पर्यटक सहभागि

पर्यटकहरुलाई पोखरा भ्रमणमा निस्कन मन्त्री रिजालको आग्रह

दिननाथ बराल,
पोखरा, २०७२ असार १५

“पोखरा सवै मौसमका लागि” भन्ने नाराका साथ आयोजना भएको १२ औं असारे रोपाई महोत्सवमा करीब १८ देशका पर्यटक सहभागि भएका छन । पोखराको आन्तरिक तथा बाह््य पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले पोखराको पार्दी क्षेत्रमा आयोजना भएको उक्त रोपाई महोत्सवमा १८ देशका १ सय ५० बढी विदेशी पर्यटकहरु सहभागि भएको महोत्सव आयोजक पोखरा पर्यटन परिषद्ले जनाएको छ।

चाईनीज, भारतीय, वेलायत अमेरीकन, क्यानडा लगायत युरेपेली मुलुकका पर्यटकहरु उक्त महोत्सवमा सहभागि भएको महोत्सवका पर्यटक व्यावस्थापक ज्याक तामाङले बताए । भूकम्पले गर्दा यस बर्ष आफुहरुले विभिन्न विदेशी पर्यटकको सहभागिता बढाउन दुतावास, कुटनीतिक नियोग र विभिन्न गैर सहकारी संस्थासँग समन्वय गरि महोत्सव स्थलसम्म पुराएको परिषद्का अध्यक्ष सोम थापाले बताए । वेलायतका देवेज सहितका ४ जनाको टोली मंगलवार रोपाई महोत्सवमा भेटिए । उनीहरु पहिलो पटक हिलोमा रमाउदै हिलो खेल्न पाउदा निकै खुसि लागेको देवेजले बताए । आफुहरु ३० दिने नेपाल भ्रमणमा निस्केको बताएका वेलायतका नागरीक देवेजले भने “हामीले जुन रुपमा नेपाल भूकम्पले गर्दा धेरै पर्यटकीय स्थलहरु ध्वस्त भएको छ भन्ने सुने पनि नेपाल आउदा खासै हल्ला भए अनुसारको ध्वस्त
नभएको पायौं। ”

रोपाई महोत्सवको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड र पोखरा उद्योग बाणिज्य संघ र महोत्सवको स्थानीय आयोजकमा विरौटा क्लव रहेको थियो । ‘हिलोमा एक पटक टेक्नुपर्छ है’ र ‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित आयोजना हुने महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न सघाउने संयोजक श्रेष्ठले विश्वास लिएका छन ।

पोखरा १७, रामेश्वर मार्ग राम मन्दिर अगाडि समशेरबहादुर पौडेलको ११ रोपनी खेतमा आयोजना भएको महोत्सवमा विदेशी पर्यटकसहित नेपाली दिदि बहिनी तथा दाजुभाईले एक आपसमा हिलो छयाप छ्याप गर्दै रमाईलो गरेका थिए । महोत्सवमा प्रतिष्पर्धात्मक रुपमा हिलो खेल्दै धान रोप्नुका साथै विभिन्न प्रतियोगिता समेत आयोजना गरिएको स्थानीय आयोजक विरौटा क्लवका अध्यक्ष सुर्य बरालले बताए । उहाँका अनुसार महोत्सवमा साउने प्रतियोगिता, असारे गितसँगै रोपाई, विदेशी र नेपाली सहित विभिन्न समुहको रस्साकस्सी, माछा समाउने, विद्यार्थी, पत्रकार र पर्यटकको हिलो दौड पनि आयोजना भएको हो । प्रतियोगितमा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगदसहित आकर्षक पुरष्कार प्रदान गरीएको छ ।

विगतका वर्षमा झै यसवर्ष पनि रोपाई महोत्सवमा तीन जना कृषकलाई सम्मान गरीएको छ । जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा कृषि व्यावसायबाट कास्की लाहाचोक ७ का ईमान बहादुर गुरुङ, फलफुल तरकारीबाट कास्की हंसपुरका धर्म न्यौपाने र खाद्यन्नबाट पोखरा २८ का जित बहादुर बस्नेत सम्मानित भएको अध्यक्ष थापाले बताए । उनीहरुलाई महोत्सवका प्रमुख अतिथि सञ्चार तथा सुचना मन्त्री मिनेन्द्र रिजाल, परिषदका अध्यक्ष सोम थापाले सम्मान पत्रको साथमा जनहि नगद पाँच÷पाँच हजारसहित सम्मान गरेका हुन । कार्यक्रममा बोल्दै मन्त्री रिजालले पर्यटकीय क्षेत्र पोखरा लगायतका धेरै ठाँउहरु भूकम्पबाट सुरक्षित नै रहेकोले ढुक्क भएर पर्यटकहरु पोखरा जान आग्रह गरे । उनले भने “अब पोखरा भ्रमणमा तपाईहरु निस्कन सक्नु हुन्छ, यहाँको वातावरण पहिलाकै अबस्थामा
यथावत रहेको छ , पर्यटकको स्वागत गर्न पोखरेली तयार छन ।” भूकम्पको पिडामा रहेका जनताको पक्षमा सरकारले काम गर्ने वचन दिदै मन्त्री रिजालले अझै पनि जोखिम पुर्ण क्षेत्रमा रहेका जनतालाई तत्काल सुरक्षित ठाँउमा स्थान्तरण गर्नु पर्ने बताए । भूकम्पबाट भत्केका सामाजिक भौतिक धरोहरको पुनः निमार्ण गर्न सरकारसंग स्थानीयको सहयोग आवश्यक भएको उनले बताए । सभासद सारदा पौडेलले असार मसान्तर भित्र संघिय लोकतान्त्रीक संबिधान जारीसंग नेपालको पर्यटन पवद्र्धनमा थप टेवा पुग्ने बताईन ।

नेपालले भूकम्पको पिडा विर्सेर अब पहिलाकै अबस्थामा फर्किएर अथैतन्त्रको बलियो आधार पर्यटन क्षेत्र उकास्न लाग्नु पर्ने मन्त्री रिजालको भनाई थियो । संविधान निमार्णमा आफुहरुले धेरै मानो खाएकोले अब मुरी उव्जाउने गरी संबिधान ल्याउने अन्तिम तयारी भएको समेत मन्त्री रिजालले बताए ।

पोखरा र आसपासका क्षेत्रमा हरेक वर्ष फरक फरक ठाउँमा गरिदै आईएको महोत्सवले खेतियोग्य जमिनलाई संरक्षण, धानको महत्व स्थापति गर्न, कृषि पर्यटनको प्रवद्र्धनका साथै युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न पनि महोत्वस सहयोग बन्ने परिषद्का महासचिव रामु गौतमले बताए ।

 

Related posts