ताजा खबर

बहुलवाद नै प्रजातन्त्रको सारतत्व होः प्रधानमन्त्री

काठमाडौँ, २०७२ असार १५,

प्रधानमन्त्री सुशील कोइरालाले बहुलवाद नै प्रजातन्त्रको सारतत्व भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम प्रदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराको नेतृत्वको प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले संविधानमा सामयिक संशोधनको प्रावधान हुने भएकाले सबैले चित्त बुझाउने अवस्था रहेको बताए । प्रधानमन्त्री कोइरालाले बहुदलीय शब्दले बहुलवादको भावना समेट्न नसक्ने बताउँदै भने “कम्युनिस्ट मुलुकमा पनि एकभन्दा बढी दल हुन सक्छन्, तर तिनले यथार्थमा बहुलवादलाई प्रतिनिधित्व गर्न सक्दैनन् ।” भूकम्पपीडित नेपालीलाई राहत र पुनःस्थापनाका लागि राप्रपाले कोषमा पाँच लाख प्रदान गरेको छ ।

स्रोत : रातोपाटी

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *