२०७२ , असार १५,
३० करोड भारतीय रुपैयाँमा अपार्टमेन्ट किनेपछि बलिउड अभिनेत्री सोनम कपुर परिवारसँग छुट्टिएर अलग्गै बस्ने भएकी छिन् । सोनमले मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा डुप्लेक्स अपार्टमेन्ट खरिद गरेको भारतीय मिडियामा खबर छ । अपार्टमेन्टको तेस्रो र चौथो तला किनेकी सोनम अहिले नयाँ निवासको सजावटमा लागेकी छिन् । छिट्टै नै पिता अनिल कपुरको घर छोडेर सोनम आफ्नै कमाइले किनेको सात हजार स्क्वायर फिटको अपार्टमेन्टमा सर्दै छिन् । उनको अपार्टमेन्टमा मिनी थिएटरसमेत छ, जहाँ उनले आफ्नो फिल्मको स्क्रिनिङ राख्न सक्छिन् । एक महिनाअघि नै घरको डिल गरेकी सोनम अहिले आफ्नी सानिमा कविता सिंहका साथ सजावटमा सक्रिय छिन् । सोनमको अपार्टमेन्ट रहेको बिल्डिङमा भारतका चर्चित उद्योगी गौतम हगानी, विक्रम मण्डित, किशोल लुल्ला, प्रमित झावेरीलगायत पनि बस्दै आएका छन् ।
स्रोत : नया पत्रिका