काठमाडौँ, २०७२ असार १५,
महानगरीय प्रहरी अपराध महाशाखाले अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय देवानन्द खड्का र सोही जिल्लाका नेत्रविक्रम चन्दलाई पक्राउ गरेको छ । गोकर्णेश्वरनगरपालिका–१२ नयाँबस्तीस्थित कान्छीमाया तामाङका घरबाट चार किलो ७५० ग्राम यार्सागुम्बासहित उनीहरूलाई पक्रिएको जनाइएको छ । तन्नामा यार्सागुम्बा सुकाइरहेका अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा बिनाइजाजत यार्सागुम्बाको कारोबार गर्दै आएको पाइएको छ । उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।
स्रोत : रातोपाटी