दिननाथ बराल,
पोखरा २०७२ ,असार १४,
भौतिक पुर्वाधार तथा यातयात मन्त्री बिमलेन्द्र निधिले सरकारको पहिलो काम संविधान निमार्णसंगै पुनः निमार्ण रहेकोे बताएका छन । विश्वकर्मा समाज नेपाल केन्द्रिय कार्यालय भवनको सोमबार पोखरामा शिलन्यास गर्दै मन्त्री निधिले संघीय लोकतान्त्री संबिधान निमार्णमा सवैको भुमिका आवश्यक भएको बताउदै भूकम्पबाट प्रभावित भएका नेपालका धरोहर तथा भौतिक संरचना गर्नू सरकारको मुख्य काम भएको बताएका हुन ।
उनले भने “यही असार मसान्तर भित्र संघिय लोकतान्त्री संविधान जारी हुन्छ, जसले महिला, दलित, जनजाति, मधेषि तथा पछाडी परेका
बर्गको हक अधिकार सुनिन्चित गर्छ, उनीहरुको आत्मसम्मान सवाभिमान समेत सुरक्षित हुन्छ ।” उनले दोश्रो संबिधान सभाले पछि परेका वा पछिपारीएका सवै बर्गको आत्म सम्मान हुने गरी संघिय लोकतान्त्रीक संबिधान जारी हुने दाबी गरे ।
छुवाछुत निहित समाज निमार्ण गर्न पहिला आफ्नै घर आफ्नै पार्टीबाट परिवर्तन हुनु पर्ने उनको जोड थियो । नेपाली कागेेंसका नेता समेत रहेका मन्त्री निधिले नेपाली काग्रेंसको आगामी महाधिवेसनमा वडा÷गाविस, क्षेत्र हुदै राष्ट्रिय स्तरमा गठन हुने समितिहरुमा निस्चित कोटामा दलित, महिला, जनजातिहरुको आरक्षण सुनिस्चित हुने दाबी गरे । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले गर्दा देशमा ८ हजार मानिसको ज्यान गएको, १० लाख जसो घरमा क्षति पुगेको बताउदै मन्त्री निधिले पुनः निमार्णमा हिमाल, तराई र पहाडका सवै जनताहरु सरकारसंग सहकार्य गरी लाग्नु पर्ने समय आएको बताए । मन्त्री निधिले छुवाछुतलाई गैर कानुन मान्दा पनि यदाकता छुवाछुत भएकोले त्यसको अन्त्यको लागि व्यक्ति व्यक्तिबाटै सुधार गर्नू पर्ने बताए ।
सभासद धुर्व वाग्लेले समाजिक कलङकको रुपमा रहेको छुवाछुत जस्तो अमानवीय व्यावहारलाई अन्त्य गर्न सवै समान भएर सभोज आफैबाट सुरु गर्नु पर्ने बताए । सभासद सारदा पौडेलले यही असार भित्र सवैको अधिकार सुनिष्चित हुने संविधान जारी हुने दाबी गरीन ।
समाजका अध्यक्ष गणेश बरायली (विश्वकर्मा) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अन्तराष्ट्रिय स्तरको सम्मान प्राप्त गरेका समाजसेवि खरीलाल विश्वकर्मा र कृष्णलाल विकलाई सम्मान गरीएको थियो । विभिन्न क्षेत्रमा पुराएको योगदानको उच्च मुल्याङकन गर्दै विश्वकर्मा जातिका व्यक्तिहरुलाई उक्त अवसरमा सम्मान गरीएको समाजका अध्यक्ष गणेश बरायली (विश्वकर्मा) ले बताए ।
समाजले पोखरा १५ अलकापुर टोलमा ५० लाखको लागतमा दुई तले पक्की भवन निमार्ण गर्न लागेको समाजका सचिव शाकमान सदाशंकरले बताए । उनका अनुसार २९ लाखमा उक्त भवनको लागि जग्गा लिएको हो भने समाजले ४८ लाख ५८ हजार भवनको लागि आर्थिक संकलन गरेको थियो । बाँकी रकम विभिन्न संघ संस्था तथा विश्वकर्मा समुदायबाट आर्थिक संकलन गर्ने भएको उनले बताए ।