ताजा खबर

संविधानको प्रारम्भिक मस्यौदा आज संविधानसभामा पेस गरिँदै

काठमाडौँ,  २०७२ असार १४,

संविधान मस्यौदा समितिको पूर्ण बैठकले भावी संविधानको प्रारम्भिक मस्यौदा सर्वसम्मतिले पारित गरेको छ । पारित मस्यौदा आज संविधानसभाको बैठकमा पेस गरिँदै छ ।ca hall

गत जेठ २९ गतेको संविधानसभाको बैठकले मस्यौदा समितिलाई पहिलो मस्यौदा तयार पारेर संविधानसभामा पेस गर्न दिएको निर्देशनबमोजिम समितिले हिजो मस्यौदा पारित गरेको हो आज संविधानसभामा पेस गरिन लागिएको समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।

मस्यौदा तयारीको काम १५ दिनभित्र पूरा गर्नु गाह्रो भएपनि समितिका सदस्य, पाँचवटा उपसमितिबाट प्राप्त प्रतिवेदन र सचिवालयको सहयोगले तोकिएको अवधिमै पूरा भएका उनले बताए ।

मस्यौदाका कतिपय बुँदामा फरक मत र सुझाव पनि रहेका र तिनलाई पनि अनुसूचीको रूपमा मस्यौदामा समावेश गरिएकोे उनले जानकारी दिए ।

मस्यौदा प्रतिवेदन संविधानसभामा प्रस्तुत भएपछि राय सुझावका लागि जनतामाझ पु¥याइने, जनताबाट प्राप्त सुझाव समेटेर अर्को मस्यौदा बनाएर संविधानसभामा परिमार्जनका लागि प्रस्तुत गरिने र त्यसलाई संविधानसभाले फेरि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने प्रक्रियागत जानकारी दिँदै समिति सभापति सिटौलाले परिमार्जित मस्यौदा समितिले पुनः संविधानसभामा पठाउने र त्यो पारित हुने बताए ।

व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका, राज्यको पुनःसंरचना, केन्द्र, प्रदेश, स्थानीय निकायको संरचना, मौलिक हक, राज्यका निर्देशक सिद्धान्तलगायत विषय समेटिएको प्रतिवेदन संविधानसभामा प्रस्तुत भएपछि प्रतिवेदनका सम्पूर्ण सामग्रीबारे जानकारी हुने उनको भनाई छ ।

विषयको गाम्भीर्य र गोपनीयताको ख्याल गर्नुपर्नेमा जोड दिँदै सभापति सिटौलाले मस्यौदाबारे विस्तृत विवरण सार्वजनिक गर्न अस्वीकार गरे ।

पारित एकीकृत मस्यौदाअनुसार संविधानको नाम ‘नेपालको संविधान, २०७२’ हुनेछ । सैँतीस भाग, २९६ धारा र सात अनुसूचीयुक्त प्रस्तावित संविधान अनुसार आठ प्रदेश हुनेछन् । ती प्रदेशको नाम र सिमाना आयोगले छुट्याउनेछ । मस्यौदाअनुसार प्रादेशिक व्यवस्थापिकाको व्यवस्था हुनेछ । प्रादेशिक व्यवस्थापिका एक सदनात्मक गर्न पनि सुझाइएको छ ।

स्रोत : रातोपाटी

Related posts