ताजा खबर

विद्यार्थीको रोजाइमा भौतिक पूर्वाधार

काठमाडौं, २०७२  असार १४,

भूकम्पको भवितव्यबीच पनि परीक्षा नियन्त्रण कार्यालयले पूर्वघोषित मितिमा प्रवेशिका परीक्षाको नतिजा प्रकाशन गरेर असार महिनाको महŒव बढाइदिएको छ । यो महिना कृषकका लागि जस्तै प्रवेशिका उत्तीर्ण विद्यार्थीका लागि पनि ‘मानो छरेर मुरी उब्जाउने’ जत्तिकै महत्वपूर्ण छ ।

उज्ज्वल भविष्यको सपना साँच्दै उत्तीर्ण विद्यार्थी अहिले भविष्य सार्थक बनाउन शैक्षिक संस्था र विषय छनौट गर्न व्यस्त छन् । दशक अघिसम्म उच्च अंक ल्याउनेहरू सरकारी कलेजहरूमा आफ्नो सिट सुरक्षित देख्थे तर अहिले त्यही स्तरका विद्यार्थी निजी उच्च माध्यमिक तहमा नाम निकाल्न आतुर छन् । विज्ञान र व्यवस्थापन अध्ययन गर्न चाहनेहरू सहरका भौतिक पूर्वाधार सम्पन्न कलेजमा आर्कर्षित हुने गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित ४ लाख ५ हजार ३३८ मध्ये १ लाख ९२ हजार २६७ जना उत्तीर्ण भएका छन् । विशिष्ठ श्रेणीमा २१ हजार २४७, प्रथम श्रेणीमा ९० हजार ४७६, दोस्रोमा ७६ हजार ४८२ छन् । तृतीय श्रेणीमा ४ हजार ३६२ जना उत्तीर्ण भएका छन् । कुल उत्तीर्णांक प्रतिशत गत वर्षभन्दा ३ प्रतिशत उच्च छ ।

मानविकी र शिक्षा संकाय अध्ययन गर्न चाहनेहरूले शुल्कको सुलभताका आधारमा कलेज छनोट तयारीमा छन् । विद्यार्थीलाई कतै महँगो विज्ञापनले आर्कषण गरिरहेको छ, त कतै अग्रजहरूले अध्ययन गरेको विरासतले । करिब ३६ सय कलेजमध्येबाट  उनीहरू उपयुक्तको चयन गर्दैछन् । उच्च शिक्षाको खुड्किलो चढ्ने विद्यार्थीको पहिलो रोजाइ गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज खोज्नु नै हो ।

विद्यार्थी पनि गुणस्तरीय शिक्षाकै लागि सुविधासम्पन्न शिक्षण संस्था छान्दैछन् । विद्यार्थीहरूका लागि राजधानी र सहरकेन्द्रित शैक्षिक संस्था मात्र नभएर दूरदराजमा खुलेका शिक्षण संस्थाहरू पनि रोजाइका केन्द्र बन्न थालेका छन् ।

निजी क्षेत्रका शैक्षिक संस्थामा उच्च अंक ल्याएर प्रवेशिका उत्तीर्ण विद्यार्थी भिœयाउन शुल्कमा छुट र छात्रवृत्तिसहितको अवसरसमेत उपलब्ध गराउने होडबाजीमा देखिन्छन् । नाम चलेका कलेजहरूले औपचारिकता र जानकारीका लागि ठूला सञ्चारगृहबाट विज्ञापन गराएर आफ्नो पहिचान स्थापित राख्न क्रियाशील छन् । स्थापित नभइसकेका शैक्षिक संस्था पनि आफ्नो उपस्थिति जनाउन सञ्चारमाध्यममार्फत आफ्नो उपस्थिति देखाउन व्यस्त छन् ।

भूकम्पका परकम्प जारी रहेकै समयमा नतिजा आएपछि विद्यार्थीमाझ कलेज छनोट कसरी गर्ने ? भन्ने  दुबिधा हुन सक्छ । त्यसैले विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्थामा आफैं पुगेर भूकम्पीय जोखिम रहे–नरहेको नियाल्नु पहिलो विषय बनेको छ, अनिमात्र उनीहरूको आफ्नो दुविधालाई आश्वस्त पार्दै कलेज छनोट गर्नु बुद्धिमता ठहरिनेछ । त्यसका लागि  मापदण्डका आधार के–के बनाउने त ?

शिक्षाविद्का अनुसार विद्यालय शिक्षा पार गरेर उच्च माध्यमिक तहमा भर्ना हुँदा आफ्नो सामथ्र्य र चाहनाको विषयलाई रोजाइको पहिलो आधार बनाउनुपर्छ । प्राध्यापनरत शिक्षकहरूका अनुसार विद्यार्थीले बसाइ, साथीसंगत र शैक्षिक संस्थाको अध्ययन वातावरणलाई ध्यान दिएर अध्ययन संस्था छनोट गर्दा पछि धोका खानु पदैन । उच्च शिक्षाको  सुनिश्चितताका लागि वास्तविकताको पहिचान गरेर मात्र कलेज भर्ना हुन विद्यार्थीलाई शिक्षविद् र शिक्षकको सुझाव छ ।

शिक्षाविद् तथा रोनास्टका पूर्वउपकुलपति प्रा.डा.होमनाथ भट्टराईको महँगो शुल्कलाई मात्र आधार बनाएर शैक्षिक संस्था छनोट नगर्न प्रवेशिका उत्तीर्ण विद्यार्थी तथा अभिभावकलाई सुझाव छ । कक्षा कोठा, शिक्षक, कलेजको अवस्था, शैक्षिक पूर्वाधार र शुल्कलाई ध्यान दिएर मात्र कलेज छनोट गर्नु उचित हुने उनको भनाइ छ । “तडक÷भडकमा भन्दा कलेजहरूको भित्री आवरणलाई ध्यान दिन सके विद्यार्थीको भविष्यमा धोका हुँदैन,” उनले भने । अहिले विद्यार्थी तथा अभिभावकले शिक्षा र शैक्षिक संस्थालाई व्यावसायिक एंगलबाट पनि हेर्न आवश्यक रहेको उनको भनाइ छ । गुणस्तरीय दाबी गर्ने राजधानीका शैक्षिक संस्थामा अध्यापन स्तरमा करिब–करिब समान स्तर रहेको उनको अनुभव छ ।

महँगो शुल्क तिर्न तयार भएपछि त्यहाँ उपलब्ध र प्रतिबद्धताअनुसारको सुविधासँगै अघिल्ला वर्षको नतिजालाई मापनको मापदण्ड बनाउन उनको सुझाव छ । शिक्षक र विद्यार्थीको सम्बन्धले शैक्षिक वातावरण तय हुने भएकाले ख्यातिप्राप्त प्राध्यापक तथा कहलिएका शिक्षक भएका कलेजलाई छनोट गर्दा शैक्षिक भविष्य सुनिश्चत हुने उनको सुझाव छ । अभिभावकले अनुशासन र प्रतिष्ठित शिक्षक भएका कलेजलाई छनोटमा ध्यान दिन भट्टराईको सुझाव छ ।

विद्यार्थीले क्यान्टिन, खेलमैदान, ड्रेस र स्वतन्त्रताको अवस्थालाई नजानिँदो तरिकाले चियाउँदै ती सुविधा उपलब्ध कलेजहरूलाई रोज्ने गरेका छन् । सीमित कलेजहरूले बाहेक अरूले विद्यार्थीको अध्ययनप्रतिको लगावभन्दा पनि आफूले पाएको कोटालाई पूर्ण बनाउन समयमा शुल्क तिर्ने प्रतिबद्धतालाई आधार बनाएर विद्यार्थी भर्नामा प्रतिस्पर्धा गर्ने गरेका छन् ।

उच्च शिक्षाका लागि कलेज छनोटको तयारीमा रहेका विद्यार्थी तथा अभिभावकले महँगा विज्ञापन र ठूला भौतिक संरचनालाई मात्र मापदण्ड बनाउनु हँुदैन । तडक÷भडकयुक्त विज्ञापनको प्रतिस्पर्धालाई फेसनको संज्ञा दिँदै उनले महँगो विज्ञापनले शिक्षाको गुणस्तर निर्धारण नगर्ने बताए ।

पूर्वराजदूत प्रा.डा. जयराज आचार्यका अनुसार कलेज छनोट गर्दा सर्वप्रथम कलेजमा पूर्णकालीन शिक्षकका बारेमा जानकारी लिएर मात्र अध्ययनको निश्चित गर्नुपर्छ । कलेजले तय गरेको शुल्क, उपलब्ध शैक्षिक सुविधा, भौतिक संरचना, अतिरिक्त क्रियाकलापका सुविधालगायतका विषयमा विद्यार्थीले जानकारी लिन उनको सुझाव छ । शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले महँगो शुल्क रहेका अधिकांश कलेजमा २÷४ पूर्णकालीन शिक्षक रहे पनि अधिकांश आंशिक शिक्षकका भरमा सञ्चालन भैरहेको बताए । उनले आंशिक शिक्षकले विद्यार्थीप्रतिको उत्तरदायित्व बहन गर्न नसक्ने बताए । शिक्षविद् वाग्लेका अनुसार उनीहरूको जिम्मेवारी समयमा पुग्नु कक्षा कोठामा उपस्थित हुन मात्र रहन्छ । विद्यार्थीसँग उनीहरूको विषयगत सम्बन्ध पनि स्थापित रहँदैन । त्यसैले कलेज छनोट गर्नुअगावै शैक्षिक संस्थाको पृष्ठभूमि जानकारी लिएर मात्र अभिभावक र विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्थाको टुंगो लगाउन सुझाव दिए । उनले भने, “जसले गर्दा विद्यार्थीको भविष्य सुनिश्चित बन्न सकोस् ।”

निजी तथा आवासीय उच्च माध्यमिक विद्यालयका पूर्वअध्यक्ष तथा सभासद बाबुराम पोखरेलले राजधानीका केही विद्यालयले उत्तीर्ण आफ्ना विद्यार्थीलाई कलेज छनोट गर्दा ध्यान दिनुपर्ने कुरामा परामर्श (काउन्सिलिङ) उपलब्ध गराउन सुरु गरेको बताए । पोखरेलले उनीहरूको शैक्षिक भविष्य सुश्चितताका लागि विद्यालयले परामर्श दिन सुरु गरेको बताए । उनले भने, “विद्यार्थीहरूलाई नै आफ्नो भविष्यका बारेमा निर्णायक बनाउनु आवश्यक छ ।” शिक्षामा गरिएको लगानी व्यावसायिकतासँगै समाजिक उत्तरदायित्व बहन गर्नबाट चुक्न नहुने उनले बताए । “स्थापित कलेजहरूलाई हल्ला गर्नुपर्ने आवश्यक छैन, हल्ला गर्नेहरू भित्री रूपमा कमजोर हुने गरेका छन्,” उनले भने ।  हल्लाको पछाडि नलाग्न विद्यार्थी र  अभिभावलाई उनको सुझाव छ । सही सूचनासहितको परामर्श प्रवाह गर्नु कलेजको जिम्मेवारी पनि हो । आफ्ना कलेजका अतिरिक्त अन्य कलेज पनि रहेको जानकारी गराउँदै छनोटको अवसर दिनुपर्ने पोखरेलले बताए । विज्ञापनलाई आधार बनाएर विद्यार्थी तथा अभिभावक भ्रममा नपर्न उनको सुझाव छ ।

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार विज्ञापनबाट गर्ने प्रतिबद्धताको क्रसचेक गरेर प्रतिबद्धता प्रमाणित भए  त्यस्ता कलेजमा गन्तव्य बनाउन उपयुक्त हुन सक्छन् । क्रसचेक गर्ने आधार प्रस्तुुत गर्दै अध्यक्ष भण्डारीले कलेजका अग्रज विद्यार्थी र उनीहरूको नतिजाका बारेमा जानकारी लिएर सचेतता अपनाउनुपर्ने बताए । कलेजबाट कक्षा ११ र १२ उत्तीर्ण हुने विद्यार्थीको संख्या (प्रतिशत)  लगायतका विषयलाई आधार मानेर अन्तिम निणर्य लिन उनको सुझाव छ । उनले भने, “विद्यार्थी तथा अभिभावक भीडभाडको मनोविज्ञानबाट बच्न सक्नुपर्छ ।” बन्द–हड्ताल, सडकजामजस्ता समस्याका कारण उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गर्दै उपयुक्त स्थानको कलेज छनोट गरिए भविष्यमा आइपर्ने तनावबाट समेत विद्यार्थीले मुक्ति पाउनेतर्फ उनले सचेत गराए ।

कुनै बेला देशमा एकमात्र त्रिभुवन विश्वविद्यालय सञ्चालनमा रहँदा सरकारी कलेजको शिक्षामा निर्भर रहनुपर्ने बाध्यता रहे पनि अहिले विद्यार्र्थीहरूलाई छनोटको अवसर रहेको छ ।

उमावि तहमा देखिएको प्रतिस्पर्धाले शैक्षिक गुणस्तरमा सुधारसँगै विद्यार्थी तथा अभिभावकलाई फाइदा भएको छ । शिक्षकको उपलब्धता र अतिरिक्त क्रियाकलापको अवसरलाई ध्यान दिन सक्नुपर्छ । ‘वन साइज सुट्स अल’ भन्ने तरिकाले लादिएको पाठ्यक्रम छ । समग्र शिक्षा पद्धतिलाई अझै व्यावहारिक बनाउन आवश्यक रहेको टिप्पणी भण्डारीको छ । ‘सिस्टम’ भन्दा पनि विद्यार्थी आफैंले आफूलाई रचनात्मक बनाउन आवश्यक रहेको अनुभव उनले सुनाए । उमावि तहपछि बाहिर अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि समाजिक सेवाका काम गरेको अनुभव पनि अवसर बन्न सक्ने उदाहरण दिँदै त्यसतर्फ पनि विद्यार्थीले ध्यान दिन आवश्यक रहेको उनको सुझाव छ ।

स्रोत : कारोबार

Related posts