ताजा खबर

वाटर पार्कमा आगलागी हुँदा….

ताइपेई : २०७२ असार १४,

ताइवानको राजधानी ताइपेई नजिकैको एक वाटर पार्कमा आगलागी हुँदा ५ सयभन्दा धैरै मानिस घाइते भएका छन् । एक सय ८२ भन्दा धेरैको सघन कक्षमा उपचार भइरहेको छ । तीमध्ये अधिकांशको शरीर ६० प्रतिशतभन्दा धेरै जलेको ताइवानी अधिकारीले जनाएका छन् ।

गम्भीर घाइते भएका दर्जनौँ भएकाले मृत्यु हुनेको संख्या धेरै हुन सक्ने आशंका गरिएको छ । तर, आइतबार अबेरसम्म मृतकको सार्वजनिक गरिएको छैन । ताइवानी अधिकारीले फार्मोसा वाटर पार्कमा आइतबारको पार्टी आयोजकलाई सोधपुछ सुरु गरेको छ । पार्टी आयोजना भइरहँदा दर्शकदीर्घामा फालिएका रंगीबिरंगी पाउडरबाट आगो निस्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘कलर प्ले’ नामको पार्टी आयोजना भएको त्यो ठाउँमा तत्कालै दमकल पुगेर आगो नियन्त्रणमा लिएको थियो । ताइवान सरकारले यो घटनालगत्तै ताइवानभरका वाटर पार्कहरू बन्द गरेको छ । ताइवानमा कलर प्लेलगायतका कार्यक्रममाथि प्रतिबन्ध लगाइएको छ । स्थानीय समयअनुसार रातको ८ बजे पार्कमा एक हजारभन्दा धैरै मानिस रहेको अनुमान छ । शनिबार ताइवानको तापक्रम ३७ डिग्री सेल्सियसभन्दा धेरै भएकाले वाटर पार्कमा जाने मानिसको संख्या अत्यधिक धेरै थियो । त्यहाँ घाइते भएकाहरूको ताइवानका ४१ अस्पतालमा उपचार भइरहेको छ ।

स्रोत : नया पत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *