ताजा खबर

मनिषादेखि रणवीरसम्म : कुनै बेला यी स्टार थिए ड्रग एडिक्ट

मुम्बाई, २०७२ असार १३,

चलचित्रको पर्दामा नायक र नायिकालाइ आदर्श पात्रका रुपमा चरित्रार्थ गरिन्छ । तर, उनीहरुको रिल लाइफ र रियल लाइफ भने आकाश– पातालको फरक हुने गर्छ । बलिवुड र हलिवुडमा यस्ता कयौं स्टारहरु छन् जसको अतित चलचित्रको पर्दाभन्दा निकै फरक रहेको छ । यसमध्ये कोही अपराधमा संलग्न रहिसकेका छन् भने कोही लागुऔषधको कुलतमा फँसिसकेका छन् । हेरौं त्यस्ता केही स्टारहरुः

रणवीर कपुरः

रणवीर कपुरले एक अन्तर्वार्तामा चलचित्र ‘रकस्टार’ को सुटिङको दौरान लागुऔषध लिएको खुलासा गरेका थिए । एउटा सिनको दौरान उनलाई निकै डर लागिरहेको थियो, त्यही भएर उनले लागुऔषध लिएर उक्त सिन सुटिङ गरे । यस दौरान रणवीरले आफू स्कूलमा पढ्दा पनि लागुऔषध लिन शुरु गरेको खुलासा समेत गरे । यद्यपि, अहिले भने उनले यो खराब आदत छाडिसकेका छन् ।

मनीषा कोइराला

कुनै बेला बलिवुडकी चर्चित नायिका रहिसकेकी मनिषा कोइरालाको लागुऔषधकै कारणले बालिवुडको करियर समाप्त भएको थियो । बलिवुडमा सफल करियर पछि उनी लागुऔषध, धुम्रपान र मध्यपानको कुलतमा फँस्न पुगिन् जसले गर्दा उनको वजन पनि बढ्नपुग्यो । तर जब उनले आफूलाई क्यान्सर लागेको थाहा पाइन्, आफ्नो सबै कुलत छाडिदिइन् । अहिले भने उनी लागुऔषधविरुद्धको अभियानमा संलग्न रहेकी छिन् ।

एन्जेलिना जोली

हविलुड नायिका एन्जेलिना जोलीले पनि एक अन्तर्वार्तामा आफू युवाअवस्थामा ड्रग एडिक्ट रहेको स्वीकार गरेकी थिइन् । उनका अनुसार उनले सबै प्रकारको लागुऔषध प्रयोग गरिसकेकी छिन् । तर, पहिलो बच्चालाई धर्मपुत्रको रुपमा लिनअघि उनले सबै कुलत छाडिदिइन् ।

सञ्जय दत्त

बलिवुडमा आपराधिक मामिलामा जुडिरहने कलाकारमध्ये एक हुन् । करियरको शुरुवातमा संजय पनि लागुऔषधको कूलतमा फँसेका थिए । आफ्नो आमा मृत्युपछि संजय यस कुलतमा फँसेका थिए । तर, त्यसपछि उनी पुर्नस्थापना केन्द्र पुगेर यसको उपचार गरे । सनु १९८२ मा उनी लागुऔषध मामिलामा पक्राउ परेर ५ महिनासम्म जेलमा बिताएका थिए

फरदीन खान

बलिवुडमा त्यति जम्न नसकेका नायक फरदिन खान सन् २००१ मा भने निकै चर्चामा थिए । कारण थियो उनलाई मुम्बाई प्रहरीले एक ड्रग डिलरसँग कोकिन खरिद गर्दै गरेको अवस्था पक्राउ गरेको थियो । यसपछि उनलाई पुर्नस्थापना गृहमा पठाइएको थियो । सन् २०१२ मा फरिदनको याचिकामा फैसला गर्दै उनीमाथि कुनै मुद्दा नचलाउने एनडीपीएस अदालतले फैसला गरेको थियो ।

लिन्डसे लोहान

कुनै बेला चर्चित युवा नायिका रहेकी लिन्डसे लोहानको करियर ड्रग्सको कारणले खत्तम हुन पुग्यो । त्यतिबेला उनी चोरीदेखि विभिन्न आरोपमा पक्राउ समेत परिन् । अहिले भने उनी यस कुलतबाट मुक्त भएको बताइन्छ । उनी फेरि हलिवुडमा जम्ने प्रयासमा छिन् ।

ओप्रा विन्फ्रे

ओप्राको नाम सुनेर धेरैलाई अचम्म लाग्न सक्छ । तर अमेरिकाककी यी चर्चित टिभी प्रस्तोता पनि युवा अवस्थामा लागुऔषधको कुलतमा फँसेकी थिइन् । केही वर्ष अघि मात्र राष्ट्रिय टेलिभिजनमा उनले आफू र प्रेमी मिलेर लागुऔषध लिने गरेको स्वीकार गरेकी थिइन् । अहिले भने उनी यसबाट पार पाइसकेकी छिन् ।

स्रोत : रातोपाटी

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *