काठमाडौं, २०७२ असार १२,
निखिल उप्रेतीको निर्देशनमा बनेको प्रतिक्षित फिल्म भैरवको रिलिज डेट फाइनल भएको छ । बिहीबार युट्युबबाट भैरवको प्रोमो सार्वजनिक गर्दै निखिलले ११ भदौमा रिलिज हुने जानकारी दिएका हुन् । एक सय बढी फिल्ममा अभिनय गरिसकेका अभिनेता निखिलले भैरवबाट निर्देशकका रूपमा डेब्यु गरेका छन् । फुल एक्सन फिल्मका रूपमा अथ्र्याइएको भैरवमा उनी आफैँ शीर्ष भूमिकामा छन् । रतन दारुवालाको प्रस्तुति रहेको फिल्ममा देशका पुलिस, प्रशासन, सीमा क्षेत्रमा हुने गरेको तस्करी तथा भ्रष्टाचारको विषय उठान गरिएको छ । फिल्ममा निखिलको साथमा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाललगायतले अभिनय गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी, नवराजकृष्ण थापाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्मले आफूलाई निर्देशकका रूपमा समेत स्थापित गराउने विश्वास निखिलको छ
स्रोत : नया पत्रिका