ताजा खबर

नेपालको पहिलो जित

काठमाडौं, २०७२ असार १२,

नेपालले इंग्ल्यान्ड भ्रमणको अभ्यास खेलमा पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार टनब्रिज नेभिल मैदानमा फ्रि फोरेस्टरलाई २४ रनले पराजित गर्‍यो । अघिल्लो दिन इंग्ल्यान्ड भ्रमणको पहिलो अभ्यास खेलमा नेपाललाई मिडलसेक्स–११ ले १४ रनले पराजित गरेको थियो ।

टस जितेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५८ रन बनायो । जवाफमा आएको घरेलु टिमलाई नेपालले ९ विकेट क्षतिमा १ सय ३४ रनमै रोक्यो ।

ओपनर सुवास खकुरेललाई २ रनमै रनआउटमा गुमाएको नेपालका तर्फबाट कप्तान पारस खड्काले सर्वाधिक ४२ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका प्रहार गरे । अर्का ओपनर सागर पुनले ३६ रन जोडे । ४ चौका प्रहार गर्ने क्रममा सागरले ३४ बल खेले । प्रदीप ऐरी २७, शरद भेषावकर १३ तथा सिद्धान्त लोहनी र ज्ञानेन्द्र मल्ल ५–५ रनमा आउट भए । वसन्त रेग्मी १० र सोमपाल कामी १ रनमा नटआउट रहे ।

नेपालबाट सोमपाल र शक्ति गौचनले २–२ तथा पारस र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *