ताजा खबर

नेपालको पहिलो खेल जोर्डनसँग

काठमाडौं , २०७२ असार १२,

आगामी एएफसी यू-१६ छनोट फुटबलमा नेपालले पहिलो खेल जोर्डनसँग खेल्ने भएको छ।

एएफसीले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेल किर्गिस्तान र तेस्रो खेल ओमानविरुद्ध खेल्नेछ।

नेपाल रहेको समूहको खेल आगामी सेप्टेम्बर १६ देखि २० सम्म किर्गिस्तानको बिस्केकमा आयोजना हुँदै छ। नेपालले गत एएफसी यू-१६ प्रतियोगिता खेलेको थियो। नेपालले खेल्ने हरेक खेल दुईदुई दिनको फरकमा हुनेछन्। छनोटअन्तर्गत ११ वटा समूह छन्। समूहको विजेता र चारवटा उत्कृष्ट उपविजेता फाइनल चरण (प्रिक्वार्टर फाइनल) पुग्नेछन्।

आयोजकका रूपमा भारतले स्थान बनाइसकेको छ। यसैगरी एएफसी यू-१९ छनोट प्रतियोगिताको पनि खेलतालिका सार्वजनिक गरिएको छ। समूह ‘ई’ मा रहेको नेपालले पहिलो खेल इरान, दोस्रो खेल कुवेत र तेस्रो खेल जोर्डनसँग खेल्नेछ।

यो समूहको छनोट खेल अक्टोबर २ देखि ६ सम्म इरानको मासाद सहरमा हुनेछ। आयोजकका रूपमा बहराइनले फाइनल चरण (प्रिक्वार्टर फाइनल) मा स्थान बनाइसकेको छ।

 स्रोत  : अन्नपुर्णपोस्ट

Related posts