काठमाडौं, २०७२ असार १२,
अर्जेन्टिना कोपा अमेरिका कप फुटवलको सेमिफाइनलमा पुगेको छ। चिलीमा जारी प्रतियोगितामा शनिबार बिहान कोलम्वियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।
अर्जेन्टिनाले पुरै खेल आफ्नो नियन्त्रयणमा राखेपनि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । कोलम्वियाका गोलकिपर डेभिड ओसपिनाको उत्कृष्ट प्रदर्शले खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाले ब्राजिल र पाराग्वेको विजेतासँग खेल्नेछ । अन्तिम क्वाटरफाइनलमा भोलि बिहान ब्राजिलले पाराग्वेको सामना गर्नेछ । पेरू र चिली यसअघि नै अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।
स्रोत : कारोबार