ताजा खबर

बर्दियामा सयौं घर डुबानमा

गुलरिया, २०७२ असार ११,

बिहीबारदेखिको अविरल वर्षाले बर्दियामा करिब ७ सय घर डुबानमा परेका छन् । जिल्लाको बाँसगढी नगरपालिका–५ खल्लागाउँस्थित सुकुम्बासी टोल, ककौरा र धधवारलगायत क्षेत्रमा घर डुबेका हुन् । मानखोलाको बाढीले सुकुम्बासी बस्ती र दक्षिण टोलका सय घर डुबानमा परेको प्रहरी निरीक्षक श्यामजंग शाहले बताए । ककौरामा २ सय ५० घर जलमग्न छन् । धधवार–६ कमैया बस्तीका डेढ सय घर डुबेका छन् । लक्ष्मणास्थित इलाका प्रहरी कार्यालय डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी सहकारी भवनमा सरेका छन् । गुलरिया–५ संगमबस्ती र सानोश्री तारातालमा १५ घर डुबानमा छन् । गुलरिया–५ का बाढी पीडितको अस्थायी शिविर जलमग्न भएको छ । ओत लाग्ने ठाउँ नभएपछि उनीहरू बिचल्लीमा छन् । शिविरमा ४१ घर परिवार बस्दै आएका छन् । बाढी आउने त्रासले बबई नदीसँग जोडिएको गुलरिया नपालगायत वरिपरि गाविसका बासिन्दा रातभर जाग्राम बसेका थिए ।

स्रोत : कान्तिपुर

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *