ताजा खबर

संविधानसभालाई कसैले बारबन्देज लगाउन मिल्दैन नेताः ज्ञवाली

दिननाथ बराल
पोखरा, ११ असार

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधानसभालाई कसैले बारबन्देज लगाउन नमिल्ने बताएका छन । प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ४ प्रमुख शक्तिबीच भएको १६ बुँदे सहमतिले संविधान निर्माणको आधार तयार गरेको बताउँदै संविधानसभालाई कसैले बारबन्देज लगाउन नमिल्नेमा जोड दिएका हुन ।

ज्ञवालीले सर्बोच्चको आदेश र गतिविधीलाई नजिकबाट संयमतापूर्वक हेरिरहेको बताउँदै केही समय पछि त्यस्ता आदेश र गतिविधीलाई अंकुश लगाउनेबारे छलफल भइरहेको समेत जनाए । सर्बोच्च अदालतले ज्ञानेन्द्रलाई पनि पुर्नस्थापना गर्नु भनेर आदेश नदेला भनेर भन्न नसकिने अवस्था आएको उनले बताए । १६ बुँदे कार्यान्वयन नगर्नु भन्ने सर्बोच्च अदालतको आदेशलाई लिएर ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले संविधान निर्माणका लागि राजनीतिक दलहरुले गरेको १६ बुँदे सहमति कार्यान्वयन नगर्नु र ज्ञानेन्द्रकी छोरी प्रेरणाको जग्गा फिर्ता गर्ने सर्बोच्चको निर्णयले ज्ञानेन्द्रलाई पनि पुर्नस्थापना गर्नु भनेर आदेश दिने हो कि भन्ने आशंका गर्न बाध्य बनाएको बताए । उनले सर्बोच्चको आदेश राजनीतिक उद्धेश्यबाट उत्प्रेरित, शक्ति पृथकीकरणको सिद्धान्त विपरित तथा आश्चर्यजनक र विबादास्पद भएको टिप्पणी गरे ।

नेता ज्ञवालीले भुकम्पबाट राष्ट्रलाई एकजुट बनाउने अवसर जुरेपनि सरकारको ढिलासुस्तीका कारण त्यो अवसर गुमेको बताए । भुकम्पले क्षेति पु¥याएपनि अबको ५ वर्षमा नेपाली आफै सक्षम हुने अवस्थामा पुग्ने र त्यसपछि आर्थिक सम्बृद्धि तर्फ देश लम्कने उनले दाबी गरे । दाता सम्मेलनबाट आएको रकम उचित रुपमा प्रयोग हुनु पर्ने समेत उनले माग गरे । प्रेश चौतारी कास्कीका अध्यक्ष माधव वरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामजी लम्शालले स्वागत तथा सचिव अर्जुन गिरीले सञ्चालन गरेका हुन ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *