ताजा खबर

इनर ह्वील पोखरा मिट टाउनको अध्यक्षमा भक्ति

दिननाथ बराल
पोखरा, २०७२ असार ११,

इनर ह्वील पोखरा मिट टाउनको अध्यक्षमा भक्ति गुरुङ चयन भएकी छन । उक्त संस्थाको सन २०१५÷०१६ को अध्यक्षमा गुरुङ चयन भएकी हुन ।
सुक्रबार पोखरामा आयोजित एक समारोहका विच कार्यक्रमका प्रमुख अतिथि ईन्टरनेश्नल ईनर ह्वील ड्रिष्ट्र«ीक ३५० का अध्यक्ष कमलप्रभा खरेलले गुरुङलाई पदस्थापना गराएकी हुन । पोखरा मिट टाउनको अध्यक्षमा चयन भए पछि भक्ति गुरुङले महिला शसक्तीकरणको लागि विभिन्न कार्यक्रम गर्ने वचन दिएकी छन । यस संस्थामा महिलाहरु मात्र आवद्ध छन ।
इनर ह्वील पोखरा मिट टाउन २०१४÷०१५ का अध्यक्ष सर्मिला कुवंरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव अनु मल्लले कार्यक्रमको संचालन गरेकी हुन ।

Related posts