ताजा खबर

उत्प्रेमलाई लामाचौर क्याम्पसमा सम्मान

दिननाथ बराल
पोखरा, २०७२ असार ११,

पोखरा लामाचौरको ईन्जिीनियरीङ अध्ययन संस्थानमा रहेको सोसार्ईटी अफ कास्की ईन्जिनीयरीङ स्टुडेण्ट (सोकेत) ले विश्वकै कान्छा ड्रमर वालप्रतिभा उत्प्रेम जोजिजूलाई सुक्रबार एक समारोहका विच सम्मान गरेको छ । संगितको मार्फत देशको नाम विश्व सामु राख्न सफल भएको भन्दै सोकेतले वालप्रतिभा जोजिजूलाई सम्मान पत्रको साथमा सम्मान गरेको हो । सोकेतका अध्यक्ष मिलन केसी, कार्यक्रम संयोजक बिशाल थापा, शिक्षक संजय बस्नेत लगायतले जोजिजूलाई सम्मान गरेका हुन ।  जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुलका निर्देशक गायक विनित जोजिजूले भूकम्प सम्बन्धि कस्तो दिन आयो… लगायतका गित प्रस्तुतः गरेका थिए ।

त्यसै गरी गायीका रजनी राई, गायक प्रयत्न श्रेष्ठ, मार्कस दास, सम्राट गायक लगायतले गित प्रस्तुतः गरेका थिए भने सेन्टरका बिद्यार्थी सरोज शाही, अज्जु गुरुङ, मानव परियार, क्याम्पसका बिद्यार्थी श्रीराम भण्डारी, किरण तिवारी, कमल न्यौपाने बिषेश प्रस्तुतः गरेका थिए । साथै कार्यक्रममा बिद्यार्थीहरुले विभिध सांस्कृतिक कार्यक्रम प्रस्तुतः गरेका हुन । क्याम्पसमा आयोजित भूकम्प प्रभावितको लागि राहत संकलन अभियान तथा सांस्कृतिक कार्यक्रमबाट करीब २२ हजार २ सय २२ रुपैया संकलन भएको सोकेतका सचिव सुमन शर्मा बताए । एक हप्ता देखि सुरु भएको अभियान सुक्रबार सम्पन्न भएको हो । सोकेतले क्याम्पसमा शैक्षिक गतिविधि गर्देै आएको छ ।

Related posts