२०७२ असार ११,
कंगना रणावत, दीपिका पादुकोण तथा प्रियंका चोपडा आफनो बुताको भरमा बक्स अफिसमा सफल चलचित्र दिइरहेका छन । यद्यपि पुरुष कलाकारको तुलनामा उनीहरूको पारिश्रमिक धेरै कम छ । त्यसैले हरेक सफल चलचित्रपश्चात उनीहरू थोरै–थोरै गरेर आफनो पारिश्रमिक बढाइरहेका छन । कंगनापछि अहिले पारिश्रमिक बढाउने काममा दीपिका लागेकी छिन । हाल प्रतिचलचित्र ७ करोड भारतीय रुपैयाँसम्म लिइरहेकी दीपिकाले अबको चलचित्रमा डेढ करोड भारतीय रुपैयाँ बढाउने बताइन्छ । अभिनेत्रीहरूको कम पारिश्रमिकका सम्बन्धमा दीपिकाले भनेकी छिन– ‘अहिलेका लागि यो बृहत विषय हो तर हामीले सही दिशामा कदम बढाएका छौं, अहिले मलाई जुन प्रकारका चलचित्र वा भूमिका आइरहेका छन्, त्यो हेर्दा हामी सही बाटोमा छौं भन्ने लाग्छ ।’ सूत्रका अनुसार सफल चलचित्र पिकुपश्चात केही निर्देशकले दीपिकालाई तिम्रो पर्फमेन्स हेरिसकेपछि विशेष भूमिका अर्थात केन्द्रीय पात्रका रूपमा स्क्रिप्ट लेख्न चाहन्छौं भनेका छन । चलचित्र निर्माताहरू पनि अबका दिनमा दीपिकाको पारिश्रमिक बढनुपर्ने कुरा स्विकार गर्छन ।
श्रद्धा र आलियाको जोडी
बलिउडमा नायिकाहरूबीच पानी बाराबारका खबर बारम्बार आइरहन्छ, तर नयाँ पुस्ताका नायिकाहरू भने यसको ठीक विपरीत देखिएका छन । उनीहरू एक–अर्कासँग ‘हेल्दी कम्पिटिसन’ गर्दै राम्रो साथीको सम्बन्ध कायम गर्न सकिने उदाहरण प्रस्तुत गरिरहेका छन् । पछिल्लो समयका प्रतिस्पर्धी नायिका आलिया भटट र श्रद्धा कपुरलाई नै लिऊ । उनीहरू कामका सन्दर्भमा प्रतिस्पर्धी भए पनि निकट साथीको सम्बन्धमा छन । श्रद्धा भन्छिन– ‘मेरो आलिया तथा परिणति चोपडासँग राम्रो सम्बन्ध छ । परिणतिसँग रहँदा मलाई खुबै मज्जा आउँछ, अझ आलियासँग विशेष सम्बन्ध छ । उनी स्वीट र इजी गोइङ छिन ।’ श्रद्धाका अनुसार उनीहरूको मित्रता यति प्रगाढ छ कि कुनै इभेन्टमा जानुपर्दा एक–अर्कालाई म्यासेज गरेर साथै जाने गरेका छन ।
युरोपमा ऐश्वर्या
अभिनेत्री ऐश्वर्या राय बच्चन गत साता फ्रान्समा आयोजित ‘प्रिक्स डे डायन’ इभेन्टमा देखिइन । लन्जिनेस वाच ब्रान्डकी एम्बेसडर ऐश्वर्या आकर्षक लुक्सका साथ इभेन्टमा प्रस्तुत भएकी थिइन । चाँडै चलचित्र ‘जज्बा’ बाट कमब्याक गर्ने तयारीमा रहेकी ऐश बिसिबिजीको ब्ल्याक आउटफिटमा ग्लामरस देखिएकी थिइन । उनले ंएंकल बुटस, ब्लाक ज्याकेट र लङग स्कर्ट लगाएकी थिइन । आफनो लुक्सलाई रेड लिपिस्टिक र ब्लाक हयाटका साथमा निखार्दै उनले शृंगार र आउटफिटलाई पूर्णता दिएकी थिइन । ऐश्वर्याले लन्जिनेस ब्रान्डको घडीका लागि पहिले नै केही सानदार फोटोसुुट गराएकी थिइन । गत महिना ऐश्वर्याले कान्स फिल्म फेस्टिबलमा पनि आफनो बोल्ड एन्ड ग्लामरस रूप प्रस्तुत गर्दै धेरै दर्शकको मन जितेकी थिइन ।
कैटरिनाको नयाँ प्रोजेक्ट
इन्गेजमेन्ट र विवाहसम्बन्धी समाचार आइरहेकै बेला बलिउड अभिनेत्री कैटरिना कैफ भने नयाँ चलचित्र अनुबन्ध गर्न व्यस्त छिन । हाल फितुर तथा जग्गा जासुसको छायांकनमा व्यस्त कैटरिनाले निर्देशिका गौरी सिन्देसँग अर्को एक चलचित्रका निम्ति मिटिङ गरेकी छिन । पछिल्लो समय अभिनेता रणवीर कपुर र कैटरिनाको इन्गेजमेन्ट र विवाह हुने खबर आइरहेका थिए, तर कैटरिना लगातार काममा व्यस्त भैरहनुले तत्कालै इन्गेजमेन्ट हुने सम्भावना कम देखिएको विश्लेषकहरू बताउँछन् । इंग्लिस विंग्लिस फेम निर्देशिका गौरी आफनो आगामी चलचित्रमा कैटरिनालाई लिन चाहन्छिन । डिग्लाम लुकमा देखिनुपर्ने कैटरिनालाई पनि यो चलचित्रको स्क्रिप्ट मन परेको छ ।
स्रोत : साप्ताहिक