ज्यान गुमाउने र घाइते हुनेहरुमा बालबालिका पनि रहेका छन् । कुवेत सिटीको पूर्वी भागमा रहेको अल इमाम अल सादिक शिया मस्जिदमा मानिसहरु जुमेको नमाज पढ्न एक ठाउँ जम्मा भएको बेला बम आक्रमण भएको हो ।
३० वर्षीय अबु सुलेमान अल मुवाहेद नामका आत्मघाती आक्रमणकारीले हजारौं मुस्लिम धर्मावलम्बीका बीचमा पुगेर आफूलार्इ विस्फोट गराएका थिए ।
यो आक्रमणमा सिरिया र इराकमा आतंक मच्चाइरहेको आतंकावादी समूह आइएस निकटको आतंकवादी समूह दायसले लिएको छ ।
कुवेती संसदका सदस्य खलिल अल सलिहले बताएअनुसार जब शिया मुस्लिम नमाजका लागि घुँडा झुकाए त्यही समयमा अचानक कडा आवाजका साथ बम पड्केको थियो ।
धमकाका कारण मस्जितको छत र गारो समेत भत्केको छ । यो आक्रमणका बेलामा मस्जिदमा करिब २ हजार मानिस जम्मा भएका थिए ।
त्यसैगरी शुक्रबारै उत्तर अफ्रिकी देश ट्युनिसियाको सूजे शहरका दुर्इ होटलमा भएको आक्रमणमा २७ जना मानिस मारिएका छन् ।
यहाँ बन्दुकधारीले होटल स्यालानियोमा अन्धाधुन्धा गोली बर्साएका थिए । आक्रमण हुँदा होटलमा बेलायतसहित दुनियाँका विभिन्न देशका मानिस बसिरहेका थिए ।
आजै फ्रान्सको लियोन सहरमा भएको अर्को आक्रमणमा एक जनाको ज्यान गएको छ ।
स्रोत : अन्नपुर्णपोस्ट