काभ्रे, २०७२ असार ११,
एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अब पार्टी अध्यक्ष केपी शर्मा नै प्रधानमन्त्री हुने पक्का भएको बताएका छन् । संविधान जारी भएसँगै गठन हुने सरकारको नेतृत्व ओलीले नै गर्ने निश्चित भएको उनको दाबी छ ।
काशिखण्ड १ स्थित अनेरास्ववियुले निर्माण गरेको मथुरापाटी माविको टहरा हस्तान्तरण गर्न शुक्रवार काभ्रे आएका उनले संविधान जारी भएलगत्तै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका सबै पदको निर्वाचन भएसंगै ओली प्रधानमन्त्रि पक्का भएको बताए।
कार्यक्रममा सुशिल कोईराल नेतृत्वको सरकारको आलोचना मात्र नगर्न ओलीलाई आग्रह गर्दै मन्त्रि गौतमले सरकारको नेतृत्व केही महिनामै एमालेले लिने बताए ।
कार्यक्रममा उपप्रधानमन्त्री गौतमले भुकम्पबाट प्रभावीत भएकाहरुलाई सरकारको मात्रै मुख नताक्न आग्रह गर्दै गाउँमा आउने पार्टीका स्वंयमसेबक संग मिलेर पुर्ननिर्माण्मा एक जुट हुनका लगी अनुरोध गरेका थिए।
भुकम्पले क्षेतीग्रस्त भएको विद्यालय ५ कोठे भवन १५ दिनको श्रमदान गरेर अस्थायी संरचना तयार गर्न १ सय ५० जना स्वंयमसेबक खटिएको अनेरास्ववियुकी महासचिव नबिना लामाले जानकारी दिइन्। उनका अनुसार अनेरास्ववियुले काभ्रेमा विद्यालयलको लागि २८ वटा अस्थाई टहरा निर्माण गरेको छ ।
स्रोत : अन्नपुर्णपोस्ट