इलाम, २०७२ आसार १०,
बजारको विकाससँगै पूर्वी इलामको नयाँबजारबासीले साधारण टेलिफनसेवाको माग गरेपछि नेपाल टेलिकम इलाम शाखाले (पिएसटिएन) लेन्डलाइन टेलिफोन जडान गर्ने भएको छ । केन्द्रीय कार्यक्रमअनुसार टेलिकमले नयाँबजारमा सर्भे गरेर टेलिफोन जडान गर्न लागेको हो । ९६ लाइनको टेलिफोनमा २४ एडिएसलसमेत जडान गरिनेछ । बजारबासीको मागअनुसार टेलिफोन लाइन र एडिएसलका सेवा थप गरिँदै जाने नेपाल टेलिकम इलाम शाखाका लेखा अधिकृत गणेश श्रेष्ठले जानकारी दिए । नयाँबजारबासीको मागअनुसार टेलिकमले सम्भावित क्षेत्रमा सर्भे गरेर टेलिफोन जडानका लागि सम्पूर्ण आवश्यक उपकरणसमेत ल्याइसकेको शाखा अधिकृत श्रेष्ठले बताए । हाल इलाम नगरपालिकासहित पशुपतिनगर, फिक्कल, मंगलबारे र आइताबारेमा मात्रै लेन्डलाइन टेलिफोन सञ्चालनमा छ।
स्रोत : कारोबार