दाङ, २०७२ असार १०,
दाङको उदय प्रावि मुसीनाका कोइलावासलाई दलित विकास परिषद्ले शैक्षिक सामग्री सहयोग गरेको छ । गत वर्ष चैत १५ गते आएको हावाहुरीसँगैको पानीले विद्यालयमा रहेका शैक्षिक सामग्रीसहित भवनमा क्षति पु¥याएको थियो ।
हावाहुरीले विद्यालयको छानो उडाउँदा पुस्तक, खेलकुद सामग्रीलगायत शैक्षिक सामग्री भिजेर नष्ट भएका थिए । परिषद्का अध्यक्ष दलबहादुर सेर्पाईलीले विद्यालयका शिक्षक दीपेन्द्र वलीलाई शैक्षिक सामग्री एवम् खेलकुद सामग्री उपलब्ध गराउनुभएको थियो । साथै शिक्षक वलीले विद्यालयलाई सहयोग गर्न सबैमा अनुरोध पनि गर्नुभएको छ ।
स्रोत : गोर्खापत्र