ताजा खबर

दिनरात जिममा व्यस्त सुशान्त

२०७२ असार १०,

एजेन्सी :

अचेल सुशान्तसिंह राजपुत दिनरात जिम गरिरहेका छन् । हप्ताका पूरै ६ दिन उनी जिममा बिताउने गर्छन् । कारण हो, आममानिसलाई एक्सरसाइज र स्वस्थ जीवनबारे प्रेरित गर्नु । त्यससँगै उनलाई आफ्नो लुक्समा पनि परिवर्तन ल्याउनु छ । बलिउडका उदीयमान अभिनेता सुशान्तले आफ्नो एक्सरसाइजबारे युट्युबमा भिडियो हालेर आममानिसमा जानकारी दिएका छन् । उनको बिहान ध्यानबाट सुरु हुन्छ । केही समय उनी ध्यानमा लीन हुन्छन् । ध्यानले आफूलाई सबै मानसिक तनावबाट मुक्ति दिलाउने गरेको अनुभव उनको छ । त्यसपछि उनी जिम सुरु गर्छन् । दिनमा उनी दुईचोटि जिम गर्छन् । सुशान्तका जिम कोच प्रवीण नायर हुन् । प्रवीणकी पत्नी मेहकले सुशान्तलाई खानपिन, पोषण र डाइटिङबारे गाइड गर्छिन् । सधैँ स्वस्थ रहन नियमित एक्सरसाइजका साथै मात्रा मिलाएर खानपिन गर्नुपर्ने उनी बताउँछन् । स्फूर्त रहन प्रशस्त मात्रामा पानी पिउने गरेको समेत सुशान्तले बताएका छन् ।

स्रोत  : नया पत्रिका

Related posts